एन्फा पूर्णकालीन बैठक आजलाई स्थगित, भोलि पुनः बस्ने
अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक कुनै निर्णय बिना नै स्थगित भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय ढिला गरी बसेको बैठक पूरा एजेन्डामा छलफल नभएपछि पुनः शुक्रबार बस्ने गरी स्थगित भएको हो ।
'पहिलो दिन छ एजेन्डामा छलफल भए । पुनः भोलि बस्ने गरी स्थगित भएको छ,' एन्फा स्रोतले भन्यो । वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि आज बैठक बसेको हो ।
वरिष्ठ उपाध्यक्ष विक्रमसहित उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापासहित सदस्यहरू किरण राई, दावा लामा, दिनेश व्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले १२ पुसमा बैठक मिति तय गरेको थियो ।
एन्फाले १५ पुसमा १९ एजेण्डा बनाएर बैठक बस्ने जानकारी दिएको थियो । त्यसपछि विधानअनुसार उपाध्यक्ष पंकज र वीरबहादुरले ६ एजेण्डा थप गर्न माग गर्दा दावाले ४ तथा राईले ३ एजेण्डा थप माग गरेका थिए । जसमा राईले मात्रै स्थान पाएको थियो ।
२० पुसमा एन्फा पूर्व अध्यक्ष गणेश थापाले व्यक्तिगत धारणा राख्न पठाएको पत्रले समेत कार्य समितिमा स्थान पाएन । फिफा प्रतिबन्धपछि पहिलो पटक औपचारिक रूपमा एन्फामा पत्र दर्ता गराएका थापाको पत्रलाई स्थान नदिने एन्फाले निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?