बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई साहसिक तालिम दिँदै राष्ट्रिय सेवा दल

बिहीबार, २२ पुस २०७८, १९ : ५०
बिहीबार, २२ पुस २०७८

काठमाडौं । राष्ट्रिय सेवा दलद्वारा विभिन्न जिल्लास्थित उच्च माध्यमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई साहसिक तालिम प्रदान गरेको छ । उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई सिनियर डिभिजन तालिम तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई जुनियर डिभिजन तालिम दिइएको हो ।

तालिममा ७ हजार ७४० विद्यार्थी सहभागी भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नेपाल सरकारको प्राथमिकता प्राप्त उक्त तालिम २०७८ मंसिर १९ गतेबाट सञ्चालन भइरहेको हो ।

स्थान विशेषका विद्यालयहरुमा राष्ट्रिय सेवा दलबाट शिक्षकहरु खटिएर विद्यार्थीलाई दिइएको तालिम २०७८ पुस २९ गते समापन हुने जनाइएको छ ।

दोश्रो चरणमा उक्त सेवा दल अन्तरगत रहेका चारवटा शिक्षालयमा संस्थागत तालिम गरेका विद्यार्थीलाई एकत्रित गराई २०७८ माघ ५ गतेबाट चैत २० गतेसम्म विभिन्न चरणमा १६÷१६ दिनको सामुहिक क्याम्प सञ्चालन गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ ।

उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई समावेश गरी सञ्चालन भईरहेको पहिलो चरणको सिनियर डिभिजन तालिमका विद्यार्थीलाई विभिन्न साहसिक तालिमहरु (फायरिङ्ग, घोडचढी, रक क्लाईम्बिङ्ग आदि) समेत प्रदान गरिएको जनाइएको छ ।

सेवा दलका कार्यकारी महानिर्देशकले पुस २० र २१ गते सिनियर डिभिजन तालिम सञ्चालन भईरहेका उपत्यकाभित्रका विद्यालयको निरीक्षण गरी तालिमरत क्याडेट छात्र÷छात्राहरुसँग अन्तरक्रिया तथा सम्बोधन समेत गरेको निर्देशनालयले जनाएको छ ।

साथै ललितपुर तथा उपत्यका बाहिरका विभिन्न विद्यालयमा सञ्चालन भईरहेका सिनियर डिभिजन तालिममा तालिमरत क्याडेटहरुलाई समेत अन्तरक्रिया तथा सम्बोधन गर्ने योजना रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप