मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

माछा प्रकरण : सिडिओले स्वीकारे गल्ती, गरे आत्मालोचना

बिहीबार, २२ पुस २०७८, १९ : ०४
बिहीबार, २२ पुस २०७८

कुलप्रसाद काफ्ले

माछाको मूल्यको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङले गल्ती स्वीकारेका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माछा व्यवसायी र सिडिओ तामाङबीच बिहीबार भएको वार्तामा सिडिओले गल्ती स्वीकार गरी आत्मालोचना गरेका हुन् ।

गलत बुझाइका कारण गल्ती हुन पुगेको भन्दै सिडिओले आत्मालोचना गरेका चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङले बताए । माछा किन्दा श्रीमती ठगिएको भन्दै सिडिओ अस्मान तामाङले १८ पुसको साँझ चितवन फिस हाउसका सञ्चालक लुलाराजमाथि दुर्व्यवहार गरी माछा राखेको फ्रिजमा सिल गरेका थिए ।

‘दुवै पक्षको वीन–वीन जस्तो भयो । अन्जानमा कमजोरी भएको भनि स्वीकार गर्नुभयो । सबैको अगाडि आत्मालोचना गर्नुभयो’, उनले भने । समन्वय र सहकार्यको लागि व्यवसायी र सिडिओ बीच छ बुँदे सहमति पनि भएको छ । 

नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित माछा फार्ममा १८ पुसमा सिडिओकी श्रीमती सरकारी गाडी लिएर माछा किन्न गएकी थिइन् । पोखरीबाट निकालेको माछा सकिएपछि व्यवसायी लुलाराजले सिडिओ पत्नीलाई प्रति केजी ३०० रुपैयाँका दरले माछा बिक्री गरे । केही दिनअघि आफैँले प्रतिकेजी २४० रुपैयाँमा माछा किनेको र लुलाराजले आफ्नी श्रीमतीलाई ठगेको भन्दै सिडिओले व्यवसायीमाथि दुर्व्यवहार गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप