नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : राजेन्द्र लिङ्देन
![नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : राजेन्द्र लिङ्देन](https://rpcdn.ratopati.com/media/albums/rajendra-lingden_M4cKMf1Vlg_KGCCx9Z61Y.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक भइसकेको बताएका छन् । बिहीबार धनगढीको पार्कमोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले हिन्दु राष्ट्र र राजसंस्था बिना देश अन्योलमा परेको दाबीसमेत गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र राजतन्त्र नेपालमा आवश्यक छ भनेर २०६२÷०६३ सालदेखि नै भन्दै आएको पनि उनले स्मरण गराए । ‘मुख्य राजनीतिक दलहरुले धर्मलाई हस्तक्षेप गरे, धर्मनिरपेक्ष राष्ट्र बनाए । यसले उल्टै देशमा अराजकता र अन्यौलको स्थिति सिर्जना ग¥यो,’ उनले भने, ‘समय ढिलो भइसकेको छ, अब राष्ट्रलाई बचाउन हिन्दु राष्ट्र र राजतन्त्रको आवश्यता भइसक्यो ।’
आफूहरुले भोट माग्नका लागिमात्र हिन्दु राष्ट्र र राजसंस्था चाहियो भनेर नभनेको भन्दै उनले राष्ट्रको पहिचान गुमेको र धर्म निरपेक्षताका कारण अन्योलता बढेका कारण नै यी मुद्दा अघि सारेको प्रस्ट पारे । नेपालमा हिन्दु राष्ट्र र राजसंस्था नआउन्जेलसम्म यसरी नै देश अन्यौलतामा गुज्रिरहने उनको भनाइ थियो ।
नेपालका नेताहरुले राजनीतिलाई पेशा र पैसा कमाउने थलो बनाएको आरोप पनि उनले लगाए । उनले अबको चुनावबाट नेपाली जनताले यस्ता नेतालाई ठेगाना लगाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान