बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

युनिमनीको र्‍याफल ड्र क्याम्पियन : आइफोन १३ र सुन जित्ने मौका

बिहीबार, २२ पुस २०७८, १८ : ००
बिहीबार, २२ पुस २०७८

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ र मनि ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ । 

र्‍याफल ड्र क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीले युनिमनी कतार मोबाइल वा युनिमनीको अफिसियल वेभसाइटमार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन–१३ र ३० जनाले २ देखि १ सय ग्रामसम्म सुन जित्न सक्नेछन् । जनवरी १ देखि सुरु क्याम्पियन १४ मार्चसम्म लागू हुनेछ । विद्युतीय च्यानलहरूको प्रवद्र्धन गर्न तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानीय मन्त्रालयको प्रतिनिधिको उपस्थितिमा छनोट हुनेछ । 
क्याम्पियनको बारेमा युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले भनेका छन्, ‘हामी हाम्रा विश्वस्त ग्राहकहरुको विश्वासको लागि पुरस्कृत गर्ने डिजाइन गरिएको हाम्रो नयाँ नक्सा क्याम्पियन घोषणा गर्न पाउँदा उत्साहित छौ । हामी सबै, ग्राहकहरुलाई उहाँहरुको बैंक खाता, आइएमई पे वालेट वा नगद पिक–अपको रुपमा सिधै पैसा पठाउनका लागि सबैभन्दा सुविधाजनक र सुरक्षित सेवा प्रदान गर्दछौ । हामी सबै युनिमनी एक्सचेन्ज कतारको तर्फबाट म हाम्रा ग्राहकहरुमा सफतलता साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 

युनिमनीको बारेमा युनिमनी एक्सचेन्ज वित्तीय सेवाहरुको एक विविध प्रदायक हो । आइएमई लिमिटेडले आफ्ना स्थापनादेखि रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध भई सेवा गर्दै ७७ जिल्लाको १२ हजार बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशबाट रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ । 

आइएमई डिजिटलले ‘आइएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवाहरु उपलब्ध गराएको छ । कम्पनीले लाखौं ग्राहकहरुलाई आफ्नो मोबाइल फोनबाट सिधै आइएमई पे डाउनलोड गरी आइएम ईको व्यवसायिक साझेदार नेटवर्कमार्फत विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप