बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा पेचिलो मुद्दा : पाँच नम्बर प्रदेशको राजधानी कहाँ ?

सोमबार, २७ कात्तिक २०७४, १४ : ४०
सोमबार, २७ कात्तिक २०७४

तेजेन्द्र के.सी.

बुटवल– पाँच नम्बर प्रदेशका मतदाताबीच चिया पसलमा अहिले कसलाई भोट हाल्ने भन्ने औपचारिक अनौपचारिक छलफल हुन्छ । आआफ्नो सुविधा र आआफ्नो आस्थाअनुसार मतदाताहरूले धारणा राखेका हुन्छन् ।
यस्तो छलफलमा विकासको मुद्दासँगै उम्मेदवारको क्षमता पनि छलफलमा आउँछ । यसबाहेक अर्को महत्वपूर्ण मुद्दा पनि मतदाताबीच छलफलमा छ ।

प्रदेश निवार्चनको मिति नजिँकै गर्दा प्रदेशको राजधानी कहाँ राख्ने चासोको विषय बनेको छ । राजनीतिक दलहरूले आफ्नो धोषणा पत्र र उम्मेदारहरूले भाषणमा राजधानीलाई आघार बनाएर मत माग्न थालेका छन् । देशका अन्य प्रदेश जस्तै पाँच नम्बर प्रदेशको राजधानीका लागि दाङ र रूपन्देहीको बुटवल बनाउने निकै पचेली बन्दै गएको छ । 

दाङ र बुटवल दुवैलाई प्रदेश राजधानी बनाउन राजनीतिक रूपमा लबिङ आआफ्ना ठाउँबाट भइराखेको छ । हालसम्ममा घटनाक्रम र पहललाई हेर्दा सम्भावना बराबरीजस्तै छ ।

स्थानीय तहको निर्वाचनमा रूपन्देही रहेका ठूला दलहरूले घोषणा पत्रमा बुटवल राजधानी बनाउने उल्लेख थिए । अहिले अझै ठूला दलहरूले पेचिलो रूपमा उठाएका छन् ।

राजधानी बुटवल बन्नुपर्ने भन्ने विभिन्न कार्यक्रमा भाषण  जोडदार रूपले गरेका छन् । यस्तो अवस्था दाङमा पनि छ ।

बुटवल उपमहानगर पालिको नीति तथा कार्यक्रम सार्वजिक गर्दा एमाले उपमहा सचिव एवं पुर्व मन्त्री विष्णु पौडेलले भने– ‘यो उपमहानर मात्र होइन अब प्रदेश राजधानी बुटवल बन्दैछ तसर्थ तपाईंहरू दीर्धकालीन योजना बनाउनुहोस् ।

अहिल रूपन्देही २ का उम्मेदवारसमेत रहेका पौडेलले बुटवल राजधानी बनाउनका लागि आफूले कुनै कसर नरख्ने मतदातसँग भन्दै घरघर पुगेका छन् ।  

मनोनयन दर्ताअघि दाङ सदरमुकाम घोराहीको सहिदगेटमा आयोजित सभामा माओवादी नेता कृष्णबहादुर महराले भनेका थिए– ‘म मेरा पार्टीका अध्यक्ष प्रचण्डलाई प्रभावमा पार्न सक्छु । शङ्कर पोखरेलजीले उहाँका अध्यक्ष केपी शर्मा ओलीलाई हामी दुवैजनाको दाङमा उम्मेदवारी संयोग होइन, योजनाबद्ध हो, अब दाङ प्रादेशिक राजधानी बन्नेमा ढुक्क हुनुस् ।’

मनोनयन दर्ताको भोलिपल्ट महरासहितको पत्रकार सम्मेलनमा एमाले नेता पोख्रेलले पनि भने– ‘दुवै पार्टीका अध्यक्षले मलाई ५ नम्बर प्रदेशको मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेर नेतृत्व गर्न पठाउनुभएको छ । हामीले दाङका अधिकांश स्थानीय सरकारको नेतृत्व गरेकै छौँ, अब प्रदेश र केन्द्रको पनि दाङका जनप्रतिनिधिले नेतृत्व गर्ने अवसर आउनु दाङको समृद्धिका लागि कोशेढुङ्गा नै मान्नुपर्छ ।’

गत वर्ष रूपन्देहीसहित लुम्बिनी अञ्चलमा पहाडी जिल्लाहरू एउटै प्रदेशमा राख्न माग गर्दै ठूलो आन्दोलन भयो ।

उक्त आन्दोलन एमाले माओवादी नेपाली काङ्ग्रेसका  रूपन्देहीसँग नजिक भएका जिल्लाका नेताहरूले ठूलो साथ दिए । 

नेपाली काङ्ग्रेस गुल्मीका सासद चन्द्र भण्डारी, अर्घाखाँचीका  माओवादी सांसद टोपबहादुर रायमाझी, एमाले केन्द्रीय नेताहरू विष्णु पौडेल, घनस्याम भुसाल, गोकर्ण विष्टहरुको उक्त एजेन्डामा खुलेर समर्थन थियो । ठूलो सङ्ख्यामा रूपन्देही, कपिलवस्तु, नलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लाका बासिन्दको समर्थन र सहभागिता थियो ।

यी माथिका घटनाबाट के थाहा हुन्छ भने अबको राजधानी बुटवल कि दाङ भन्ने विषय कति कडा बन्दैछ । अझनिर्वाचन सकिएपछि प्रदेशको पहिलो बैठकसम्म थप कडा बन्ने छ ।

मैले यी दुई बराबरी सम्भावना बोकेका ठाउँ रूपन्देहीको बुटवल र दाङका सक्षम पक्ष र कमजोर पक्ष

१. दाङ जिल्लामा प्रदेश राजधानी बनाउने विषयमा दाङ जिल्ला रहेका ठूला नेताहरू एकमत छन् । दाङ जिल्लामा केन्द्रीय नेतृत्वलाई प्रभाव पार्न सक्ने नेताहरू वाम गठबन्धनमा छन् भने नेपाली काङ्ग्रेसमा पनि प्रभावशाली नेताहरू छन्  । छिमेकी जिल्लाका नेताहरूको पनि समर्थन रहन्छ ।

२. दाङ सबैभन्दा ठूलो भ्याली, थारु, मगरहरूको पनि परापूर्व कालदेखि नै ऐतिहासिक भूमि हो ।  यसर्थ उनीहरू राजधानी बनाउन चाहन्छन् ।

३. जाजरकोट, रोल्पा, रुकुम, प्युठान, सल्यान लगायतका जिल्लाको बजार केन्द्र दाङ हो । पुरानो बजार भएको यातायत जोडिएको दाङ छाडेर बुटवल आउनका लागि असहज मान्नेहरू छन् ।

४. भौगोलिक सुगमता, पूर्वाधार यातायात, हवाई सेवा, विश्वविद्यालय, शैक्षिक संस्थाहरू, घोराही, तुलसीपुर, लमही जस्ता विकासमा लम्किरहेका सहरहरू पनि दाङसँग छ । समथर र प्रशस्त खुल्ला जग्गा पनि दाङसँग छ कि राजधानी बनाउनका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरू सहजै व्यवस्थापन गर्न सकिन्छ ।
 
५. प्रचण्ड नेतृत्वको सरकारको पालामा उच्च अदालत दाङको तुलसीपुरमा स्थापना गर्नु र माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा प्रदेश प्रहरीको मुख्यालय दाङमै स्थापना गर्नुले अब प्रदेशको राजधानी पनि दाङ नै हुनेमा आशा बढाएको छ । यस्तै प्रशासनिक कार्यालय स्थापना, सेनाका तामिल केन्द्र दाग पुगिसकेको छ ।
 
६. लुम्बिनीदेखि बर्दियासम्मको सीमाङ्कनमा दाङ नै केन्द्रमा छ । हावापानीको हिसाबले पनि दाङ राजधानीका लागि उपयुक्त छ । न गर्मी न जाडो हावापानी राम्रो छ । भारतीय सिमानादेखि  ५६ किलोमिटर टाढा छ । सुरक्षाको हिसाबले दाङ मजबुत छ ।
 
७. नयाँ बस्ती निमार्ण गर्नका लागि थुपै्र सरकारी जग्गा छ भने जिल्लामा रहेका उपमहानगरपालिका बीच दूरी २३ किलोमिटर छ ।
लमहीबाट तुल्सीपुर पुग्नको २३ किलो मिटर, तुल्सीपुरबाट घोराही जान २३ किलो मिटर दूरी छ । यसर्थमा प्रदेश राजधानी बन्दा विस्तारै सबै सहर जोड्नका लागि पनि सहज हुनेछ ।
 
कमजोर पक्ष 
प्रदेशको राजधानी बन्ने विषयमा नेताहरू जो जताका छन् उतैका लागि बोल्छन् ।  

१. दाङमा जस्तै रूपन्देहीको बुटवलकामा राजधानी बनाउने विषयमा बोल्ने नेताहरू पनि प्रभावशाली छन् । राजनीतिक लबिङ बुटवलको पोल्टामा नपर्ला भन्न पनि सकिँदैन

रूपन्देहीको बुटवल राजधानी बनाउनका लागि राजनीतिक लबिङ यहाँ रहेको खासगरी एमाले नेताहरू विष्णु पौडेल, घनस्याम भुसाल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, नेपाली काङ्ग्रेसका बालकृष्ण खाँण, दीपकुमार उपाध्याय, चन्द्र भण्डारी, यस्तै माओवादीका टोपबहादुर रायमाझी जस्ता नेताहरूको केन्द्रमा राम्रो पकड छ ।

उनीहरूले पार्टीभित्र र बाहिर गर्ने निणर्यले बुटवल प्रदेशको राजधानी बन्ने कि दाङ बन्ने कुराले महत्वपूर्ण प्रभाव पार्छ ।

२. दाङका क्रियाशील पत्रकार उदय जिएमका अनुसार प्रदेशको राजधानी दाङमा रहने विषयमा जनस्तरबाट पटक पटक माग भइरहेको छ । तर  ठूलो आन्दोलन भएको छैन ।  बुटवलमा गतवर्ष रूपन्देहीबाट पहाडी जिल्लाहरू टुक्राउने वर्षीयमा निकै ठूलो आन्दोलन भएको थियो । सोही आन्दोलनबाट बुटवल प्रदेशको राजधानी बनाउने मान्डेड पाएको थियो ।

३. केही जिल्लावासीलाई दाङको सहज आगमन भए पनि गुल्मी, अर्घाखाँची, पाल्पा तथा नवलपरासीवासी निकै अपायक ठान्छन् । दाङ जिल्लामा प्रदेशको राजधानी घोषणा गर्दा उनीहरू सहज रूपमा मान्न तयार छैनन् ।

४. दाङ जिल्लामा रहेका  दुई उपमहानगरपालिका तुल्सीपुर र घोराही बीच  पनि आआफ्नो अस्तिवको लडाइँ छ ।
तुल्सीपुरबासीले तुल्सीपुर प्रदेशको राजधानी बन्नुपर्ने  र घोराहीबासीले घोराहीमा राजधानी बन्नुपर्ने माग गरेका छन् । यदि यो जुगाको लगाई ठूलो हँुदै गए राजधानी बुटवलतिर फुत्किन सक्छ ।

प्रदेशलाई केन्द्रत गरेका केही सरकारी अस्थायी कार्यालयहरू तुल्सीपुरमा खोलिएका छन् । जिल्लाको सदरमुकम घोराही हो ।

अब लागौँ बुटवलतर्फमा प्रदेशको राजधानी बन्ने सम्भवाना के कस्ता छन् ।

१. राजधानीको स्थान र प्रदेशको नाम अहिले नै टुङ्गिने होइन, संविधानमै उल्लेख हुने सवाल हो । तर बुटवलमा गत वर्ष रूपन्देहीसहित पहाडी जिल्लाहरू एउटै प्रदेशमा राख्नुपर्ने भन्दै ठूलो आन्दोलन भयो ।

सोही आन्दोलनले बुटवल प्रदेश नम्बर ५ को राजधानी बनाउनुपर्ने मान्डेट प्रदान गरेको हो । अब फेरि यस्तो आन्दोलन नहोला भन्न सकिँदैन ।

२. सुगमताका हिसाबले जनताले के माग उठाउने सक्छन् भने भौगोलिक अवस्था र सामाजिक कारणले बुटवलसँग लुम्बिनी अञ्चलबासीको निकटको सम्बन्ध छ । बुटवल बस्नेमध्ये धेरैको गुल्मी, आर्घाखाची, पाल्पामा दोहोरो बसाइ छ । उनीहरूको मनोभाव पनि बुटवलमा राजधानी बनाउनुपर्ने छ । उनीहरूले बुटवलसँग नुन–घिउको सम्बध रहेको ठान्छन्  ।

३. पश्चिम नेपालको पुरानो व्यापारिक केन्द्र बुटवल हो । पुरानो औद्योगिक क्षेत्र छ । प्रदेशस्तरीय मोतिपुर औद्यौगिक क्षेत्र निमार्ण प्रक्रियामा छ । यहाँ उद्योग कलकारखना, व्यपारसँगै रोजगारीको सम्भावना निकै बढी छ ।

४. रूपन्देहीको लुम्बिनीलाई धार्मिक पर्यटकीय  हिसाबले  अत्यन्तै नजिक मानिन्छ । बुटवल बहुमुखी क्यापसका प्राध्यापक डा. माधव पन्थीले भन्छन्– रूपन्देहीको बुटवल प्रदेशको राजधानी राख्नु भनेको बुद्ध र लुम्बिनीलाई सम्मान गर्नु हो ।

५. प्रदेश नंं ५ को राजधानी अन्यन्त्र नखोज्न अग्रह गर्दै उद्योगी व्यवसायीहरूले बुटवललाई नै राजधानी बनाउनुपर्ने माग गरेका छन् । यहाँ सङ्घ संस्था, सबै आफ्ना वार्षिक साधारण सभादेखि अधिवेशनसम्म प्रदेशको राजधानी बुटवल बनाउने विषयमा समेटेका छन् । तसर्थ यहाँबाट राजधानी अन्यत्र जानु हुँदैन भन्नेमा सबै सजक छन् ।

६. बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा विमानस्थलको स्तरोन्नति, ६ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थललगायत पूर्वाधारका कारण प्रदेशको राजधानी तुल्सीपुरभन्दा बुटवल उपयुक्त हुन्छ  ।

७. पाँच नम्बर प्रदेश टुक्राउन खोज्नेहरू पराजित भएजस्तै प्रदेशको राजधानी बुटवलमा हुन नदिनेहरू पनि पराजित गर्ने  यहाँ नेताहरू ढुक्क छन् । उनीहरू पार्टीभित्र र बाहिर पनि काम गरिहेका छन् ।

८. बसोबास, उत्पादन, आवातजावत पनि मिल्दो छ । पाल्पा गुल्मी अर्घाखाँचीका, नवलपरासीका बासिन्दाहरू दाङ जान  निकै अपायक ठान्ने हुँदा उनीहरूको माग बुटवल बनाउनुपर्ने हुन्छ ।

९. प्रदेश पाँचको राजधानी बुटवललाई बनाउन एमालेकै विष्णु पौडेललगायतका नेताहरूले जोडबल गरिरहेका छन् । लुम्बिनी क्षेत्रका कतिपय काङ्ग्रेस नेताहरू पनि बुटवलको पक्षमा भएकाले काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राजधानी तोक्ने औपचारिक निर्णय गर्न सकिरहेको छैन ।

१०. दाङको नजिको नाका भनेको कोइलावास हो, जुन घोराहीबाट ५६ किलोमिटर दुरीमा छ । बुटवल सुनौली २७ मिटर दुरी छ । प्रदेशको राजधानी बन्दा सिमानाको पनि अर्थ रहन्छ । तसर्थ सिमानाका बुटवलबाट  नजिक छ ।

राजधानी बन्नका लागि देखिएका कमजोर पक्ष

बुटवलमा गतवर्ष भएको आन्दोलन मुख्य दलहरू एक ठाउँमा थिए । अहिले वाम गठन र लोकतान्त्रिक भन्दै छुट्टा छुट्टै हँुदा यो विषयमा नेताहरूले कम ध्यान दिन पनि थालेका छन् ।

अर्कोतिर दाङमा प्रदेशमा स्तरमा विभिन्न अस्थायी कार्यालयहरू खुलेका छन् । जस्तै उच्च अदालत, प्रहरी, प्रशासन कार्यालय  अस्थायी रूपमा खोलिँदा उनीहरू भोलि सरकारले बुटवल ल्याउन लागि झन्झट मान्न सक्छ । नवलपरासीदेखि बर्दियासम्मका लागि बुटवल मुख्य मध्यविन्दु नपर्न सक्छ  ।

अस्थायी राजधानी तोक्न  सरकार अलमलमा

प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सरकार अझै अन्योलमा छ ।

प्रदेश नम्बर ५ को मात्रै हाइन अन्य प्रदेशमा पनि यस्तै दुविधा छ । प्रदेश नम्बर ४ को पोखराबाहेकका प्रदेशमा २, ३ ठाउँहरू  सिफारिस भएका छन् ।

मन्त्रिपरिषद् बैठकमा धेरैपटक प्रदेशको अस्थायी राजधानी तोक्ने विषयले प्रवेश पाए पनि प्रधानमन्त्रीले राजनीतिक सहमतिका आधारमा निर्णय लिने बताउँदै आएका छन् । निर्वाचन प्रचारप्रसारमा व्यस्त भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा माओवादी केन्द्र र एमालेसँग अझै औपचारिक छलफल गरिसकेका छैनन् । दुई साताअघि सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा रहने अधिकार सम्पन्न पुनर्संरचना समितिले सातवटै प्रदेशको अस्थायी राजधानी प्रस्ताव गरेको थियो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप