मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले काठमाडौं अधिवेशनको तयारी पूरा

बिहीबार, २२ पुस २०७८, १७ : ४४
बिहीबार, २२ पुस २०७८

नेकपा एमाले काठमाडौंको शुक्रबार हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी क्रिकेट मैदानमा शुक्रबार हुने जिल्लाको छैटौँ अधिवेशनको तयारी पूरा भएको अध्यक्ष कृष्ण राईले जानकारी दिए । 

जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राईले बताए । 

काठमाडौँका ११ नगर र १३८ वटा वडाहरूमा र १० प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरुबाट २० पुसमा जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको थियो । शुक्रबार (२३ पुस) मा उद्घाटन हुने जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि २४ गते राष्ट्रियसभा गृहमा २४ पुस शनिबार बन्द सत्र हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप