बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला

बिहीबार, २२ पुस २०७८, १७ : ११
बिहीबार, २२ पुस २०७८

ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङस्थित कार्तिके डाँडामा सोही ठाउँ बस्ने २८ वर्षीय कुमार सिङताङ बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी स्याङ्जाको आँधीखोला गाउँपालिका-१ अधिकारी टोल बस्ने २७ वर्षीय मनोज विक घरदेखि करिब २ सय मिटर टाढा बारीमा बुधबार बेलुकी मृत अवस्थामा फेला परेका छन् ।

 त्रिवेणी माथिको जंगलमा मंगलबार साँझ गएका ७ जनामध्ये ४ जना फर्किएको र ३ जना नफर्किएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजी गर्नेक्रममा भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको अवस्थामा उनको शव फेला पारेको हो । उक्त स्थानमा १ थान भरुवा बन्दुक समेत फेला परेको छ भने हाल बेपत्ता २ जनाको खोजी भइरहेको छ । 

जंगलबाट फर्केका ४ जनालाई आवश्यक अनुसन्धान तथा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ ।
    यसैगरी धादिङको गल्छी गाउँपालिका-६ सुत्केरी ढुङ्गास्थित त्रिशुली नदीको दहमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप