आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ठूला करदाता कार्यालयले भन्यो : समयमै आयकरको किस्ता दाखिला गर्नू

बिहीबार, २२ पुस २०७८, १६ : ४२
बिहीबार, २२ पुस २०७८

ठूला करदाता कार्यालयले करदाताहरूलाई समयमै आयकरको किस्ता दाखिल गर्न अनुरोध गरेको छ । आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट र सुविधाबारे बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीसँग छलफल गर्दै कार्यालयले यस्तो आग्रह गरेको हो । 

कार्यालयका प्रमुख कर प्रशासक तथा कार्यालय प्रमुख शिवलाल तिवारीले आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट तथा सुविधामध्ये विचाराधीन मुद्दा फिर्ता र बक्यौता कर दाखिला सुविधा लिने म्याद २०७८ पुसभित्र भएकोले सुविधा तथा सहुलियत उपयोग गर्न तथा समयमै आयकरको किस्ता दाखिला गर्न अनुरोध गरे । छलफल पनि यही विषयमा केन्द्रित थियो । 

बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरूले कार्यालयले प्रदान गर्ने सेवा, भौचर मिलान तथा संशोधन, प्रणाली सुधार, कर परीक्षणका विषय, छुट तथा सुविधा लिने सम्बन्धमा गरिएको तयारी बारेमा आ–आफ्नो धारणा राखेका थिए । 

कार्यालयमा सम्बन्धित क्षेत्र हेर्ने प्रमुख कर अधिकृतले बैंक तथा वित्तीय संस्थाले राखेका जिज्ञासा र धारणाबारे जवाफ दिएका थिए । कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत, बित्त प्रमुख र प्रतिनिधि एवम् ठूला करदाता कार्यालयका तर्फबाट प्रमुख कर प्रशासक, प्रमुख कर अधिकृतहरू तथा कर अधिकृतहरू सहभागी थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप