आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

इटालीबाट अमृतसर आएको एअर इन्डियाको उडानमा १२५ यात्रु संक्रमित, कुल १९१ यात्रु सवार

बिहीबार, २२ पुस २०७८, १५ : ५१
बिहीबार, २२ पुस २०७८

एयर इन्डियाको फ्लाइटबाट अमृतसर आएका १९१ यात्रु मध्ये १२५ यात्रुु कोरोना संक्रमित भेटिएका छन् । उडान इटालीबाट पंजाबको अमृतसर इन्टरनेशनल एयरपोर्ट आएको थियो । सबै संक्रमितलाई अमृतसरमै क्वारेन्टिनमा राखिएको छ । कुनै एकल उडानमा यति धेरै यात्रुु संक्रमित भएको यो पहिलो घटना हो ।

विमानस्थलका निर्देशक भी के सेठका अनुसार उडानबाट आएका सबै यात्रुको कोभिड जाँच गरिएको छ । यो परीक्षणबाट संक्रमितको पुुष्टि भएको हो ।

देशमा कोरोनाको तेस्रो लहर आइसकेको छ । विगत २४ घन्टामा ९० हजार ९४१ नयाँ संक्रमितको पहिचान भएको छ । यसमा १९,१६३ बिरामी ठीक भएका छन्  र ३२५ को मृत्यु भएको छ । यसबाट सक्रिय संक्रमितमा ७१,४५३ को वृद्धि दाखिल

भएको छ । नयाँ संक्रमितको आंकडा ७ महिनामा सबैभन्दा धेरै छ । यो भन्दा पहिले १० जूनमा ९१,८४९ नयाँ संक्रमित थिए ।

यो महामारीको सुरुवातमा हालसम्म ३.५१ करोड भन्दा बढी मानिस कोरोनाको चपेटामा आइसकेका छन् । ३.५३ करोड बिरामी निको भइसकेका छन् । ४.८२ लाखको ज्यान गइसकेको छ । जबकी २.७९ लाख भन्दा बढी बिरामीको उपचार चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप