शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

बिहीबार, २२ पुस २०७८, १४ : ३६
बिहीबार, २२ पुस २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतमा हुने हुने भनिएको भाइब्रेन्ट गुजरात समिट कोरोनाका कारण स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको हो ।

परराष्ट्र मन्त्रालयकाअनुसार प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको नभएको आधिकारिक जानकारी आएको छैन तर जुन कार्यक्रमका लागि उनी भारत भ्रमणमा जान लागेका थिए, त्यही कार्यक्रम स्थगित भएपछि स्वभाविक रुपमा भ्रमण पनि स्थगित भएको छ । 

प्रधानमन्त्री देउवाको भ्रमणको विषयमा छलफल भइरहेको भारतीय दूतावासले जनाएको छ । दूतावास स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भारत भ्रमण लगभग स्थगितजस्तै भएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएपछि दुई देशका प्रधानमन्त्रीबीच भर्चुअल संवाद हुने तयारी भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप