बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको घुइँचो (फोटोफिचर)

बिहीबार, २२ पुस २०७८, १३ : ३५
बिहीबार, २२ पुस २०७८

स्थानीय तहको चुनावको सरगर्मी सुरु भएसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेको लर्को लाग्न थालेको छ । बिहीबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा पनि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको लर्को लागेको देखिन्थ्यो ।

काठमाडौंमा अस्थायी रुपमा बसोबास गरिरहेका तर नागरिकता भने अन्य जिल्लाबाट लिएका मतदाताहरूले समेत काठमाडौंबाट नाम दर्ता गरिरहेका छन् । बायोमेट्रिक प्रणालीबाट नाम दर्ता गर्नको लागि उनीहरु लाइन लागिरहेका छन् ।

बिहान १० बजेदेखि नाम दर्ताको लागि प्रक्रिया सुरु भएपनि मानिसहरु बिहान ९ बजेदेखि नै लाइनमा देखिन्थे ।  दर्ता प्रक्रिया भने बेलुका अबेरसम्म हुने गरेको निर्वाचन कार्यालयका अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप