शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात शिखर सम्मेलन स्थगित

बिहीबार, २२ पुस २०७८, १३ : ०१
बिहीबार, २२ पुस २०७८

भारतको गुजरातमा आयोजना हुन लागेको भाइब्रेन्ट गुजरात शिखर सम्मेलनलाई गुजरात सरकारले स्थगित गरेको छ । कोरोनाभाइरसको बढ्दो संक्रमणका बीच त्यहाँको सरकारले यस्तो निर्णय लिएको छ । उक्त शिखर सम्मेलन जनवरी १० तारिखदेखि १२ सम्म आयोजना हुने कार्यक्रम थियो ।

उक्त समिटलाई भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने कार्यक्रम थियो । शिखर सम्मेलन​मा भाग लिनका लागि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा जनवरी ९ तारिख अर्थात् पुस २५ गते भारत भ्रमणमा जाने कार्यक्रम निश्चित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप