आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जीप दुर्घटना हुँदा ६ जना घाइते

बिहीबार, २२ पुस २०७८, १२ : ४०
बिहीबार, २२ पुस २०७८

दाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलयका अनुसार   ३ च ८८० नम्बरको जीप  लमही नगरपालिका वडा नम्वर ३ र ४ काे सिमाना पर्ने पुलमा  ठोक्किदा दुर्घटना भएको हो ।

घाइते हुनेमा लमहीका स्थानीय रहेका छन्। घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर २ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी, वडा नम्बर ५ कोलही बस्ने २५ वर्षीय विनोद चौधरी, वडा नम्बर ५ रातो डाँडा निवासी बस्ने वर्ष १८ वर्षीया आकृति पाण्डे, सोही ठाउँ बस्ने वर्ष २० कि सृजना सुनार, लमही बजार निवासी ३७ वर्षीय भानु गुप्ता, वडा नम्बर ६ देउपुर बस्ने वर्ष १८ कि विनिता लुहार रहेका छन् ।

घाइतेहरुको नेपालगञ्ज र बुटबलमा उपचार भैरहेको छ। घटनाबारे थप अनुसन्धान शुरू भएकाे  जनाएको  छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप