शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

ओलीलाई महाअभियानको ध्यानाकर्षण

बिहीबार, २२ पुस २०७८, १२ : १४
बिहीबार, २२ पुस २०७८

नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाडपर्व लगायतमा भएको अतिक्रमणका विरुद्धमा लड्नका लागि भन्दै केही अगाडि ‘नेपाली संस्कृति बचाऔँ, राष्ट्रिय महाअभियान २०७८’ घोषणा भएको थियो । परिवर्तन नेपाल नामक संस्थाले घोषणा गरेको महाअभियानको संयोजकमा चलचित्रकर्मी मोहन निरौला रहेका छन् ।

नेपालमा भएको कला संस्कृति अतिक्रमणको विषयमा महाअभियानले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यानाकर्षण गराएको छ । बुधबार ओली निवास बालकोटमा भेट गर्दै महाअभियानको एक टोलीले देशमा बढ्दै गैरहेको साँस्कृतिक अतिक्रमण र विकृतिबारे जानकारी गराएको हो ।

भेटमा ओलीले आफ्नो सभ्यता इतिहास र सँस्कृति जोगाउन जरुरी रहेको बताए । सभ्यताको श्रृष्टि नै आफ्नो भूमिबाट भएको कुरा गर्दै यसलाई जोगाएर अघि बढ्दा मात्रै इतिहास माथि न्याय हुने धारणा राखेका थिए । सभ्यता र संस्कृतिको संरक्षण र विकासमा लाग्नेहरूलाई सधै आफ्नो साथ रहने प्रतिबद्धता समेत ओलीले व्यक्त गरेको भेटमा सहभागी अभियानका संयोजन निरौलाले जानकारी दिए ।

भेटमा महाअभियानको तर्फबाट प्रतिनिधि मण्डलले ओलीलाई महाअभियानको प्रतिक स्वरूप नेपालको विविध संस्कृति र सम्पदा अंकित छायाचित्र, अपिल एवम् महाअभियानको कार्यक्रम पुस्तिका समेत प्रदान गरेका थिए ।
परिवर्तन नेपाल अन्तर्गत गठन भएको ‘नेपाली संस्कृति बचाऔँ महाअभियान–२०७८’ को शुभारम्भ २०७८ मंसिर २६ गते एक समारोहको बीच भएको थियो । गठन भएयता महाअभियानले हप्तामा एकपटक विभिन्न स्थानमा जनचेतनाका लागि अपील गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप