एमाले कास्की अध्यक्षमा ४ जना आंकाक्षी, सर्वसम्मत नेतृत्व चयनमा रस्साकस्सी

पोखरा । नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनमा कास्की जिल्ला अध्यक्षका लागि ४ आकाङ्क्षी देखिएका छन् । एमालेको यही पुस २३ गते हुने कास्की जिल्ला अधिवेशनमा अध्यक्षका लागि ४ जना आकाङ्क्षी देखिएका हुन । आकाङ्क्षीमा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ,सचिव दामोदर बैरागी, दीपक पौडेल र जगन्नाथ बाँस्तोला देखिएका छन् । तर मुख्य प्रतिस्पर्धा कार्यवाहक अध्यक्ष गुरुङ र सचिव बैरागीबीच हुने अनुमान गरिएको छ ।
पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट जिल्ला अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्य निर्वाचित भएपछि उपाध्यक्ष मनबहादुर गुरुङले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए ।
छोटो समय जिल्ला पार्टीको नेतृत्व गरेका गुरुङले आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचन लड्ने बताउँदै कार्यकर्ता सँग मत मागिसकेका छन् । पार्टीको जिल्ला सचिव र सुकुम्वासी आयोग कास्कीका अध्यक्ष समेत भएका दामोदर बैरागीले पनि नेता र कार्यकर्तासँग आफूलाई अध्यक्षमा बताउने बताउँदै मत मागेका छन् ।
यसअघि एमालेले सबै पालिका र वडा कमिटीमा सर्वसम्मत नेतृत्व टुङ्गाएको थियो । जिल्ला कमिटीमा पनि सर्वसम्मत गर्ने नेताहरूको प्रयास जारी रहेको छ । तर,सभापतिका आकाङ्क्षी गुरुङ र बैरागीबीच सहमति नबनेपछि निर्वाचन नै हुने सम्भावना रहेको छ ।
कार्यवाहक अध्यक्ष गुरुङले आफू कास्कीको उपाध्यक्ष र कार्यवाहक अध्यक्ष समेत भइसकेकाले स्वाभाविक रूपमा अध्यक्षको दाबेदार रहेको बताउँछन् । उनले आफ्नो उम्मेदवारी स्वाभाविक भएकाले नेता,कार्यकर्तासँग सरसल्लाह गरेर अगाडी बढ्ने बताए ।
अर्का आकाङ्क्षी बैरागीले अध्यक्षमा स्वाभाविक रूपमा आफ्नो दाबेदारी रहने बताएका छन् । उनले सकभर सर्वसम्मत प्रक्रियाबाट नेतृत्व चयन गर्न प्रयास भइरहेको बताए । एमाले कास्कीमा १७ हजार ७ सय ३७ पार्टी सदस्य छन् ।
अधिवेशनका लागि ९१४ प्रतिनिधि छानिए
कास्कीबाट अधिवेशनका लागि ९१४ जना प्रतिनिधि छनोट भएका छन् । एमाले कास्कीका कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङका अनुसार पालिका मातहतका ७२ वटा, विशेष इलाका मातहतका शाखा कमिटी, गाउँपालिका, महानगरपालिका, जनवर्गीय संगठन, सल्लाहकार परिषद्, जिल्ला कमिटी पदाधिकारी र सदस्यहरू अधिवेशनमा प्रतिनिधिका रूपमा रहने छन् ।
अधिवेशनका लागि सम्पन्न गर्नका लागि विभिन्न १० वटा उप समिति बनाइएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले निकै महत्त्वका साथ हेरिएको छ ।
अधिवेशनबाट सकेसम्म सर्वसम्मत नसके आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व छनोट गरिने एमाले कास्कीका कावा अध्यक्ष गुरुङले बताए । उनले नेकपा एमालेको कार्यकर्ता सभ्य भएकाले अधिवेशन पनि सोही खालको हुने बताए ।
एमालेको निर्वाचित जिल्ला कमिटीको कार्यकाल ३ वर्ष हुन्छ । पार्टीको विधान अनुसार सबै जिल्लामा पदाधिकारी ५ जना हुने व्यवस्था छ । जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव हुने व्यवस्था छ । पदाधिकारीमा १ महिला अनिवार्य हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा