बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्ल्याहा बच्चामा एक वर्षको अन्तर

बिहीबार, २२ पुस २०७८, ११ : ४१
बिहीबार, २२ पुस २०७८

अत्यन्त रोचक र अचम्म लाग्दो संयोगले भरिएको यस विश्वमा कयौ पटक यस्तो विषय पढ्न, हेर्न र सुन्न पाइन्छ, जसलाई एकिन गर्न अत्यन्त मुश्किल पर्छ । यस्तै, एक अचम्म लाग्दो घटना क्यालिफोर्नियामा जुम्ल्याहाहा बच्चाको सन्दर्भमा भएको छ । यिनीहरूको जन्मदिन फरक–फरक वर्षमा मनाइन्छ ।

यस्तो बहुत कम घटना हुन्छ जब दुुई जुम्ल्याहा बच्चाको जन्म यस किसिमबाट हुन्छ । एक बच्चाको जन्म ११.४५ बजे भयो अर्को बच्चाको जन्म ठीक १२ बजे भयो ।  उनीहरुबीचको यो जन्मको विषय र बच्चाको फोटो सोशल मिडियामा व्यापक भाइरल भइरहेको छ ।

३१ डिसेम्बरको रात फातिमाले दिइन् दुई बच्चालाई जन्म

सन् २०२१ को अन्तिम दिन फातिमा म्याड्रिगललाई साँझ प्रसुती व्यथा सुरु भयो । यसपछि उनलाई अस्पतालमा भर्ना गरियो । राती ११ः४५ बजे उनले छोरा जन्माइन् । त्यसको करिब १५ मिनेटपछि छोरीको जन्म भयो । यसैकारण एक बच्चाको जन्म सन् २०२१ मा भयो भने अर्को बच्चाको जन्म सन् २०२२ मा भयो ।

फातिमालाई थाहै थिएन कि  फरक–फरक वर्षमा जन्मेका कारण उनको बच्चा राता रात इन्टरनेटमा सनसनी बन्नेछन् । भाइरल फोटोमा दुवै बच्चा अत्यन्त सुन्दर देखिरहेका थिए । साथै पोष्टमा कयौँ मानिसको प्रतिक्रिया पनि हेर्न पाइएको छ । कयौँ अन्य यूजर्सले कमेन्टमा यो अत्यन्त विचित्र मामिला भएको लेखेका छन् ।

डाक्टर र महिला पनि अचम्मित

अस्पतालका डाक्टर र अन्य कर्मचारी पनि यो घटनाबाट अचम्मित भएका छन् । यो संयोगबाट आमा र बुवा पनि अचम्ममा परेका छन् । यो जोडिले छोरीको नाम आयलिन योलान्दा ट्रुजिलो राखेका छन् । उनको जुम्ल्याहा दाइको नाम भने अल्फ्रेडो अन्टोनियो ट्रुजिलो राखिएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अमेरिकामा प्रत्येक वर्ष करिब १ लाख २० हजार जुम्ल्याहाको जन्म हुन्छ । यसमा केवल ३ प्रतिशतको यस्तो संयोग हुने गर्छ । आमा फातिमले भनिन्,‘म आश्चर्यमा परेको छु र खुसी पनि छु । किनकी मेरी छोरी मध्यरातमा जन्मिइन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप