शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलिया प्रवेश हुनेबित्तिकै किन रद्द भयो नोवाक जोकोविचको भिसा ?

बिहीबार, २२ पुस २०७८, ११ : २६
बिहीबार, २२ पुस २०७८

अष्ट्रेलियन ओपनमा भाग लिन पुगेका संसारका उत्कृष्ट टेनिस खेलाडी नोवाक जोकोविचलाई अष्ट्रेलिया प्रवेश गर्न रोक लगाएएको छ । अष्ट्रेलियामा प्रवेश गर्ने उनको भिसा रद्द गरिएको छ ।

सर्बियाली खिलाडी नोवाक जोकोविचलाई बुधबार मेलबर्न हवाई अड्डामा नै रोकिएको छ । त्यसपछि  अष्ट्रेलिया प्रवेशका लागि आवश्यक नियमलाई नोवाकले पूरा नगरेको जानकारी दिइयो ।

नोवाक जोकोविच मेलबर्न पुगेपछि उनको टिमले भ्याक्सिन नलगाएका कारण चिकित्सकीय छुट दिने भिसाका लागि अनुरोध नगरेको अधिकारीले पाए ।

अष्ट्रेलियाली सीमा बलले जोकोविचले अष्ट्रेलियामा प्रवेश सम्बन्धि आवश्यकता पूरा गर्नका लागि पर्याप्त प्रमाण दिन नसकेका कारण्ण उनको भिसा पछि रद्द गरियो ।

यद्यपि, टेनिस अष्ट्रेलियाले दुई भिन्न भिन्न स्वतन्त्र प्यानलको समीक्षा पछि नोवक जोकोविचलाई चिकित्सकीय छु दिइएको पुष्टि गरेको छ । तर जोकोविच बुधबार दुबईबाट मेलबर्न जाँदा भने समस्या सुरु भयो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उनलाई मेलबर्नमा सरकारको एउटा डिटेन्सन होटलमा लगिएको छ र उनी फिर्ता हुनका लागि उडानको प्रतिक्षा गरिरहेका छन् । स्थानीय मिडियाका अनुसार यो स्थानमा कोरोना संक्रमण फैलिएको थियो र हालै यहाँ आगलागी पनि भएको थियो ।

भ्याक्सिनको विषयमा विवादः

अष्ट्रेलियन ओपनका च्याम्पियन रहेका नोवाक नोकोविचको खोपको विषयमा पहिलेदेखि नै विवाद चलिरहेको छ । अष्ट्रेलियन ओपनमा खेल्नका लागि उनलाई खोप नलगाएपनि छुट दिइएको थियो । यसबारे पहिले नै अष्ट्रेलियामा निकै विरोध भएको थियो ।

नोवाक जोकोविचले आफूले भ्याक्सिन लगाएको नलगाएको बारे कुनै जानकारी दिएका छैनन् तर पछिल्लो वर्ष उनले ‘म भ्याक्सिनेसनको विरोध’ गर्छु भनेका थिए ।

यो मामिलाको विषयमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बिहिबार एक पत्रकार सम्मेलन गरे । उनले भने, ‘कुनै पनि देश नियमभन्दा माथि छैन । नोवाक जोकोविचलाई उनको प्रवेशका लागि चिकित्सकीय छुट छैन भनिएको थियो र जुन प्रमाण दिइयो, त्यो अपर्याप्त थिए ।’

स्थानीय रिपोर्टका अनुसार अब जोकोविचले अष्ट्रेलिया प्रवेशका लागि या त कानूनी अपिल गर्नसक्छन् वा नयाँ भिसाका लागि आवेदन दिन सक्छन् ।

अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेट हन्टले जोकोविचमाथि गरिएको व्यवहारलाई कठोर तथा सही बताएका छन् । उनले ‘यो अष्ट्रेलिया सरकारमा सबैका लागि एउटै नियम’ भएको बताए ।

नोवाक जोकोविचलाई अष्ट्रेलियामा प्रवेश नदिएकोमा सर्बियामा विरोध भइरहेको छ । उनका पिता सर्जन जोकोपिचले उनका छोरालाई विमानस्थलमा प्रहरीको सुरक्षामा एउटा कोठामा राखिएको बताए ।

उनले भने, ‘यो नोवाकको मात्रै लडाईँ होइन, पूरा दुनियाँको लडाईँ हो ।’

यस्तै, सर्बियाका राष्ट्रपति एलेक्जेन्डर वुचिचले नोवाक उत्पीडनको शिकार भएको र पूरा सर्बिया उनको साथमा भएको बताएका छन् ।

अष्ट्रेलियामा कोरोनाको विषयमा लागू गरिएको कडा प्रतिबन्धपछि पहिलोपटक त्यहाँ कोरोना संक्रमितको संख्या लाखौँ पुगेको छ । देशमा १६ वर्षभन्दा माथिका ९० प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् तर हालको नियम अनुसार केही मानिस अहिले पनि एकबाट अर्को राज्यमा वा देश बाहिर यात्रा गर्न सक्दैनन् ।

कडा नियमको विषयमा अष्ट्रेलियाका थुप्रै जनताले सरकारले धनी र लोकप्रिय व्यक्तिलाई नियममा छुट दिइरहेको र सामान्य मानिसलाई आफ्नो बिरामी परिवारबाट टाढा राखिरहेको आरोप लगाएको छ ।

अष्ट्रेलियन ओपनको सुरुवात मेलबर्नमा १७ जनवरीदेखि हुँदैछ । जोकोविचले ९ पटक यो खेल जितिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप