शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको सरकारी मिडियाको दाबी

बिहीबार, २२ पुस २०७८, ११ : ११
बिहीबार, २२ पुस २०७८

उत्तर कोरियाले सफलतापूर्वक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँको सरकारी मिडियाले जानकारी दिएको छ । केसीएनका अनुसार उक्त क्षेप्यास्त्रले ७ सय किलोमिटर टाढा रहेको ‘लक्ष्य’ लाई ‘सटिक’ रुपमा प्रहार गरेको थियो ।

हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण भएको रिपोर्ट प्राप्त भएको यो मात्र दोस्रो अवसर हो । अब उत्तर कोरिया अमेरिका र चीनपछि हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने दौडमा रहेका सीमित राष्ट्रको सूचीमा समावेश भएको छ । यो क्षेप्यास्त्र बालिस्टिक क्षेप्यास्त्र भन्दा लामो समय अरुको नजरमा आउन नसक्ने बताइएको छ । केही समयअघि मात्र किम जोङ उनले प्योङयाङको सुरक्षा प्रणालीलाई मजबुत बनाउने बताएका थिए । नयाँ वर्षको अवसरमा गरिएको सम्बोधनमा उनले कोरियाली प्रायद्वीपमा बढ्दो सैन्य अस्थिरताका कारण प्योङयाङले सुरक्षा क्षमतालाई बृद्धि गर्ने जिकिर गरेका थिए ।

अमेरिका र दक्षिण कोरियासँग संवाद बन्द गरेसँगै उत्तर कोरियाले गत वर्ष पनि विभिन्न प्रकारका क्षेप्यास्त्रहरूको परीक्षण गरेको थियो । पछिल्लो क्षेप्यास्त्र परीक्षणलाई पहिलोपटक जापानको कोस्ट गार्डले पत्ता लगाएका थिए जसलाई दक्षिण कोरियाका अधिकारीहरुले पुष्टि गरेका थिए । 

हाइपरसोनिक हतियार बालिस्टिक क्षेप्यास्त्रभन्दा कम उचाइमा र ध्वनीको गतिभन्दा पाँच गुणा बढी गति (करिब ६२ सय किमी प्रति घण्टा) मा लक्ष्यतर्फ यात्रा गर्दछ । स्रोत : बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप