जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा ठेक्का
सिरहाको विष्णुपुर गाउँपालिकाका जनप्रनिधि र कर्मचारीकै सेटिङमा विकास निर्माणका ठेक्का लागेको पाइएको छ । पालिकाले १६ मंसिरमा निकालेको विभिन्न निर्माणका सूचनामा सीमित ठेकेदारले मात्र फर्म दर्ता गराउन पाउनुले यसको पुष्टि गरेको हो ।
फर्म दर्ता गराएका ठेक्कदार कम्पनीसँगको निश्चित कमिशन कर्मचारी र जनप्रतिनिधिले लिने सर्तमा फर्म बुझेको ठेकेदारहरुकै आरोप छ । जुन कम्पनीसगँ बार्गेनिङमा कुरा मिलेन उनीहरुको फाइल प्रशासकीय अधिकृतको टेवुलमा पुग्दासमेत दर्ता नगरेको राज कन्ट्रक्सनका प्रतिनिधि लव महतोले बताए ।
उनलेभने, ‘मैले आफै फाइल लिएर सययमै प्रशासकीय अधिकृतको टेवलमा पुर्याए । तर, समय सकिएको भन्दै प्रशासकीय अधिकृत रविन्द्रकुमार महतले फर्काइदिनुभयो ।’ फर्काउने क्रममा प्रशासकीय अधिकृत महतले 'तल साथीहरु छन्, त्यहीँ बसेर मिलाएर आउनुस्' अनि 'फाइल लिने नलिने भनौंला' भन्दै फर्काएको उनले बताए । महताेले तल केही ठेकेदार बसेर तालमेल गरिरहेको पछिमात्र थाहा पाएकाे बताए ।
बिष्णुपुरले १६ मंसिरमा वडा न ५ लक्ष्मीपुर चाेकदेखि अर्नामाको सीमासम्मको सडक कालोपत्रे, जमुवाटोल देखि खोरियाटोल हुँदै नरहा गाउँपालिकाकाे सीमा सम्मको सडक स्तरउन्नति र लक्ष्मीपुरदेखि थलहाकटहा कालोपत्रे सडक मर्मतका लागि टेन्डर आव्हान गरेको थियो ।
सोही सूचनाको आधारमा करिव ५० वटा कन्सट्रसनले फर्म खरिद गरेका थिए । प्रतिफर्म बुक ३ हजारको दरले खरिद गरे पनि ५ वटा कन्सट्रसनको मात्र फर्म दर्ता भएको छ । पालिकाले प्रकाशन गरेको सूचनामा योजनाको विनियोजित रकमसमेत उल्लेख गरेको छैन । सेटिङकै लागि गाउँपालिकाले योजनाको रकम उल्लेख नगरेको जानकार बताउँछन्
कुनै पनि योजनाको सूचना प्रकाशन गर्दा कामको प्रकृति र त्यसको लागत मूल्य प्रकाशन गर्नुपर्ने प्रावधान छ । तर, पालिकाले प्रावधान मिचेर सेटिङकै लागि रकम उल्लेख गरेका छैनन् ।
तोकिएका योजनाको लागि शिवम कन्सट्रसन, मनी निमार्ण सेवा, आर्दश निमार्ण सेवा , कुशवाहा ब्रोदर्श इनिजिनियर्सले फर्म दर्ता गराएको छ । दर्ता भएका फर्मको पनि कागजात पूर्ण नरहेकाले कुन योजना कसलाई परेको भन्ने प्रशासकीय अधिकृतले बताउन चाहेनन् । उनलाई फोनमा सम्पर्क गर्दा आफू कार्यालय बाहिर भएकाले कुन योजना कसलाई परेको हो भन्न सकिने अवस्थामा नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन