सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बिहीबार, २२ पुस २०७८, ०७ : ५९
बिहीबार, २२ पुस २०७८

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना  रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

शुक्रबार प्रदेश १ र २ का एक(दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप