शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आगो निभाउने क्रममा ग्यास विस्फोट, १ जनाको मृत्यु, १२ जना घाइते

बिहीबार, २२ पुस २०७८, ०७ : ४४
बिहीबार, २२ पुस २०७८

झापाको मेचीनगरमा भएको आगलागीमा आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा  मेचीनगर नपा-८ बस्ने ४५ वर्षीय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागी एन्जल मेडिकल धुलाबारी लगेकोमा उक्त मेडिकलमा पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

बुधबार राति साढे ९ बजेको समयमा मेचीनगर नपा वडा नं. -७ पिपल चोक बस्ने केशव पाठकको १ तले कच्ची घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्कन पुग्दा मानिसहरू घाइते हुने पुगेका थिए । घाइते हुनेहरूमा लेखनाथ तिमल्सिना, गोविन्द प्रसाद राजवंशी,  दीपेन्द्र कार्की, चन्दन गौतम, सुवलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहरा, भवानी शंकर न्यौपाने, हरि वि.क., निर्मल शर्मा, सुशीला अधिकारी लगायत छन् । दमकल, प्रहरी र स्थानीयको सहयोगमा एक घण्टापछि आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप