बागमतीसहित यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा महाशाखाको अनुरोध छ ।
बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रबार पनि प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १ र २ का एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। त्यस्तै शनिबार देशभर सामान्य बदली रहने छ। देशका केही स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल