शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

फेरि फिल्ममा देखिँदै बलिउडका यी हिट जोडी

बुधबार, २१ पुस २०७८, २१ : ४४
बुधबार, २१ पुस २०७८

वर्ष २०२२ मा बलिउडमा केही नयाँ कलाकार जोडी पर्दामा देखिने चर्चा छ । त्यसको अलवा यो बर्ष केही पुराना जोडी पनि पर्दामा फर्किदैछन् । जसको चर्चा अहिले ब्यापक हुन थालेको छ । ती जोडी यस्ता छन् । 

शाहरुख खान र दीपिका पादुकोण :

शाहरुख र दीपिकाले पहिलो पटक फिल्म २००७ मा फिल्म ‘ओम शान्ति ओम’ मा काम गरेका थिए ।

दीपिकाको यो डेब्यु फिल्म थियो । त्यसपछि दुबै २०१३ मा ‘चेन्नई एक्सप्रेस’ र २०१४ मा ‘ह्याप्पी न्यु इयर’ अभिनय गरे । अब भने दुबै एकसाथ फिल्म ‘पठान’ मा देखिँदैछन् । फिल्मको अहिले सुटिङ जारी छ । फिल्म यो वर्षको अन्त्यसम्म रिलिज हुने बताइन्छ ।

आमिर खान र करिना कपुर खान :

आमिर र करिनाले फिल्म ‘थ्री इडियट्स’, ‘तलाश’ जस्ता हिट फिल्ममा एकसाथ काम गरेका थिए । यो जोडी अब अद्वैत चन्दनको फिल्म ‘लाल सिंह चढ्डा’ मा देखिने छन् । फिल्म १४ अप्रिलमा रिलिज हुँदैछ ।

अक्षयकुमार र भुमि पेडनेकर :

अक्षयकुमार र भुमि सोशल ड्रामा फिल्म ‘ट्याइलेट एक प्रेम कथा’ मा देखिएका थिए । अब फेरि पाँच वर्षपछि यी दुबै आनन्द एल रायको फिल्म ‘रक्षा बन्धनमा देखिँदैछन् । फिल्मको रिलिज मिति ११ अगस्ट भनिएको छ ।

कार्तिक आर्यन र कृति सैनन :
कात्र्तिक र कृति २०१९ मा फिल्म ‘लुकाछिपी’ मा एकसाथ देखिएका थिए । अब यी दुबै फिल्म ‘शहजादा’मा देखिँदैछन् । जसको सुटिङ अहिले दिल्लीमा जारी छ ।

टाइगर श्राप र कृति सैनन :
टाइगर र कृतिले २०१४ मा फिल्म ‘हिरोपन्ती’ मा पहिलो पटक एकसाथ काम गरेका थिए ।  दुबैको जोडी पर्दामा राम्रो जमेको थियो । अब भने उनीहरु फिल्म ‘गनपथ’ मा देखिनेछन् ।  फिल्म यसै वर्ष रिलिज हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप