२९ औं त्रिवेणी कपको उपाधि विवाईसी भोटेवडारलाई
![२९ औं त्रिवेणी कपको उपाधि विवाईसी भोटेवडारलाई](https://rpcdn.ratopati.com/media/albums/tribheni_5f3Tn66IS1.jpg)
२९ औं त्रिवेणी कपको उपाधि विवाईसि अर्थात बुद्ध युथ क्लब भोटेवडारले जितेको छ । लमजुङ सदरमुकाम बेसीशहरस्थित सहजी खेलमैदानमा बुधबार भएको फाइनल खेलमा श्री भगवती युवा क्लब टोखा काठमाडौंलाई २–० गोल अन्तरले हराउँदै लमजुङ भोटेवडारको विवाईसी युवा क्लबले २९ औं त्रिवेणी कपको उपाधि जितेको हो ।
विवाईसीको जितमा खेल सुरु भएको ११ औं मिनेटमा जर्सी नम्बर ११ का खेलाडी सन्दीप रानामगरले पहिलो गोल गरे भने खेलको १५औं मिनेटमा जर्सी नम्बर २२ का खेलाडी याहिक अब्दुल्लाले थप एक गोल गरी विवाईसीका लागि दुई गोल जोडेका हुन् ।
उपाधि विजेता विवाईसीले पाँच लाख पुरस्कार राशि सहित त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र हात पारेको छ भने उपविजेता श्री भगवतीले ३ लाख रुपैयाँसहित, रजत पदक र प्रमाणपत्र हात पारेको छ । फाइनल खेलमा विवाईसीका सन्दीप रानामगर म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगितामा खेल अवधिभर चाररचार गोल गरी विवाईसि भोटेवडारका फकुल्ने आबुयोमी र श्री भगवतीका अरमाण बेडुमले सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका छन् । श्री भगवतीकै जर्सी नं। २५ का अमित लामाले सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पारे ।
प्रतियागयतामा बागमती फुटबल क्लब सर्लाहीले अनुशासित टिमको उपाधि हात पारेको छ । मंगलबारको सेमिफाइनलमा आयोजक त्रिवेणीलाई शून्यका विरुद्ध ३ गोल गर्दै श्री भगवती टोखा फाइनलमा प्रवेश गरेको हो भने दोस्रो सेमिफाइनलमा समाज कल्याण काठमाडौंलाई ३–० को गोल अन्तरले हराउँदै विवाईसि भोटवडार फाइनलमा पुगेको हो ।
प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दुई टिम आयोजक त्रिवेणी र समाज कल्याण युवा क्लबले नगद ५०–५० हजार पुरस्कार पाएका छन् भने अनुशासित टिमलाई ट्रफि प्रदान गरिएको छ ।
सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार सहित स्वर्ण र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबले जनाएको छ । त्रिवेणी युवा क्लबको आयोजनामा यही पुस १२ गतेबाट बेसीशहरको सहजी खेलमैदानमा भएको राष्ट्रव्यापी २९ औं त्रिवेणी कप प्रतियोगितामा विभिन्न जिल्लाका १८ टिमको सहभागिता थियो ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलको प्रमुख आतिथ्यता एवं आयोजक त्रिवेणीका अध्यक्ष अध्यक्ष विनोद गुरुङको अध्यक्षतामा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प