बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मापदण्ड विपरितका ट्रस हटाउँदै ललितपुर महानगर

बुधबार, २१ पुस २०७८, २० : ३७
बुधबार, २१ पुस २०७८

ललितपुर महानगरपालिकाले महानगरको मापदण्ड विपरित घरभन्दा बाहिर राखिएका ट्रस, सेड (पाली) हटाउन थालेको छ । बुधबारबाट ३ दिनको समय दिएर फुटपाथ ढाक्नेगरी राखिएका पालि हटाउन निर्देशन दिइएको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए ।

नगर प्रहरीले बुधवार कुपण्डोलदेखि पुल्चोक दमकल मोड सम्मका १३८ वटा पसललाई ३ दिनभित्र ट्रस हटाउन लिखित पत्र दिएको छ । १९ वटा पसलका पालि नगर प्रहरीले हटाएको छ । अधिकांश पालि घरधनीले नभई पसल सञ्चालकहरूले राखेको भेटिएको हाछेथुले बताए ।

घाम र पानी छेक्नका लागि पसल सञ्चालकहरूले त्यस्तो पाली बनाउँदै आएका छन् । मापदण्ड विपरित भएको भन्दै महानगरले त्यस्ता पालि हटाउने निर्णय गरेको हो । ‘सबैतिर माइकिङ गरेर जानकारी गराएका छौं’ नगर प्रहरी प्रमुख हाछेथुले भने–‘पत्र दिएको ३ दिनमा घरधनी र पसल सञ्चालकले नहटाएमा हामी आफैं हटाउँछौं ।’

मापदण्ड विपरित राखिएका ट्रसका कारण शहरको सौन्दर्यमा ह्रास आएको र हुरी बतास आउँदा सेड खसेर पैदल यात्रुलाई लागेर दुर्घटना हुने सम्भावना हुने ललितपुर महानगरको निष्कर्ष छ । पाली राखेपछि पसल सञ्चालकहरूले पैदल यात्रुलाई बाधा पर्ने पसलको सामान अन्य फुटपाथ ढोकर राख्ने गरेका छन् ।

स्थायी संरचना नभत्काउने र स्वीकृत नक्सा बाहेक थप गरिएका ट्रसहरु मात्र निकाल्न थालिएको नगर प्रहरी प्रमुख हाछेथुले बताए । उनले भने– ‘घर धनीहरुले भाडामा दिएपछि पसल सञ्चालकले त्यस्तो पाली राखेको र त्यसबाट घरको स्वरुप बिग्रिएको गुनासो पनि गर्नुभएको छ ।’

महानगरको पत्र बुझेका ६० प्रतिशतले आफैंले निकालेका छन् । केही पसल सञ्चालहरुले दुई दिन थप समय मागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप