आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री देउवाको यस्तो निर्देशन

बुधबार, २१ पुस २०७८, २० : ०४
बुधबार, २१ पुस २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरु र विभिन्न मन्त्रालयका सचिवलाई सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्धनका लागि निर्देशन दिएका छन् । 

बुधबार मन्त्रीहरु र सचिवहरूलाई निर्देशन दिँदै उनले सबै तहका सरकारी कार्यालयलाई चुस्त बनाउन भनेका हुन् । जनतालाई दिने सबै सेवा छिटो र छरितो गर्नेगरी सबै कार्यलाई चुस्त बनाउनुपर्नेमा उनको जोड थियो ।

अत्यावश्यक सेवाहरु जनताको घर दैलोमा पुर्‍याउने सरकारको दायित्व भएकाले सो अनुसार काम गर्न पनि उनले निर्देशन दिए । यस्तै, विकास निर्माणका परियोजनाहरुको गति बढाउनका लागि आवश्यक झन्झट हटाउने र कानुनी समस्या भए त्यसमा पनि सुधार गर्न उनले निर्देश गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले कोभिडको जोखिम कायमै रहेकाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने प्रवन्ध प्रभावकारी रुपमा अघि बढाउन, कर्मचारीको क्षमता बृद्धि गरेर विकास आयोजनाहरुको कार्यान्वयन पक्षलाई चुस्त बनाउन पनि निर्देशन दिएका छन् ।

यसैगरी राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवाले तिनको प्रभावकारी रुपमा काम गर्नेगरी अनुगमन र मूल्याङ्कन गर्ने संयन्त्र बनाउन मन्त्रीहरु र सचिवहरूलाई भनेका छन् ।

सम्भावित लगानीका क्षेत्रहरु पहिचान गरी निर्यातलाई बढाउनेगरी परियोजनाहरु अघि बढाउन, स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई लगानीमा प्रोत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम अघि बढाउन तथा जलविद्युत, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउनेगरी नीति तथा कार्यक्रम ल्याउन पनि उनले निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप