प्रदेश २ की राज्यमन्त्री रुवि कर्ण सवार गाडी दुर्घटना
प्रदेश २ की राज्यमन्त्री रुवि कर्ण सवार गाडी सप्तरीमा दुर्घटना भएको छ । आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री कर्ण सवार ज १ झ ४०६ नम्बरको स्कारपिओ दुर्घटना भएको सप्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
बुधबार दिउँसो साढे ४ बजे तर्फ राजविराज सडक खण्डस्थित विष्णुपुर गाउँपालिका वडा नम्बर ६ अवस्थित विष्णुपुर चोकमा स्कारपिओ अनियन्त्रित भई पल्टिएको प्रवक्ता काफ्लेले बताए । प्रवक्ता काफ्लेले स्कारपिओमा राज्यमन्त्री सहित ६ जना सवार थिए । गाडी पल्टिँदा राज्यमन्त्री कर्णको बायाँ हातमा चोट लागेको छ भने सवार रहेका अन्यलाई भने सामान्य चोटपटक लागेको सप्तरी प्रहरीले जनाएको छ ।
केही महिना अघि पनि राज्यमन्त्री कर्ण सवार गाडी ढल्केबरमा रातिको समयमा अनियन्त्रित भई दुर्घटना भएको थियो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा ७ वटा गाडी छ । तर ती गाडी मध्ये प्रायः गाडी खरिद गरेको चार वर्ष नबित्दै बिग्रेको छ भने नयाँ सवारी खरिदका लागि प्रक्रियामै रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन