लकडाउन अघि प्राप्त डिमान्ड कार्यान्वयन गर्न ६ महिनाको म्याद थप
सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि ६ महिनाको म्याद दिएको छ । कोरोना भाइरस महामारी अघि प्राप्त भएका डिमान्ड पुन: प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्राय भएकोले व्यवहारिक कठिनाइका कारण ६ महिना कामदार पठाउन पाउने गरि म्याद थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
२०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि २०७८ मंसिर २२ देखि २०७९ जेठ २१ सम्म कायम रहने गरी ६ महिना म्याद थप गरिएको हो । सरकारको यो निर्णयसँग कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउन अघि प्राप्त भएका ३० हजार बढी मागपत्र कार्यन्वयन हुनेछ । वैदेशिक रोजगारी सम्वन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ अनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस महामारीका कारण सरकारले २०७६ फागुन २६ गतेबाट वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन रोक लगाइएको थियो । अहिले अन्तर्राष्ट्रिय उडान संचालन भइरहेको तथा रोजगारदाता मुलुकबाट श्रमिकको माग भइ आएकोले पहिले नै प्राप्त भएका माग पत्र अनुरुप श्रमिक पठाउन ६ महिनाको म्याद थप गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि