शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

बेच्न नमिल्ने जग्गा श्रेस्तामा सच्याएर बेच्ने ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बुधबार, २१ पुस २०७८, १९ : ४२
बुधबार, २१ पुस २०७८

सुकुम्बासी समस्या समाधान आयोगले दिएको जग्गा श्रेस्तामा सच्याएर बेचेको आरोपमा अख्तियारले मालपोत कार्यालय गुलरियाका नासु शम्भु प्रसाद अधिकारी सहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

बुधवार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले रातोपाटीलाई बताए । सुकुम्बासी समस्या समाधान आयोगले दिएको २५ वर्षे हदबन्दी भएको जग्गा घुस लिएर मालपोतको श्रेस्तामा २५ वर्षलाई काटी १५ वर्ष बनाएर विक्री गरिएको थियो । सो किर्ते प्रकरणमा संलग्न  मालपोत कार्यालय, गुलरियाका खरिदार राधेश्याम झा, तहरिर नासु उदयसिंह रावल, नासु शम्भु प्रसाद अधिकारी, जग्गाधनी चन्द्र बहादुर सुनार, जग्गा खरिद गर्ने टेक बहादुर सुनार र चन्द्र बहादुर सुनारकै जग्गा दृष्टिवन्धक पारित गरी लिने भक्त बहादुर थापालाई आयोगले विपक्षी बनाएको छ ।

मालपोत कार्यालय, बर्दियामा रहेको जग्गाधनी दर्ता श्रेस्तामा २५ वर्षलाई काटेर १५ वर्ष बनाउन ३५ हजार घुस लेनदेन भएको आयोगको निष्कर्ष छ । बेचबिखन तथा हक हस्तान्तरणसमेत नहुने जग्गा बेचबिखन तथा हक हस्तान्तरण गरेको र मालपोत कार्यालय, बर्दियामा कार्यरत कर्मचारीहरूलाई जग्गा किन्ने व्यक्तिमार्फत घुस दिएको आरोपमा अख्तियारले चन्द्र बहादुर सुनार र टेक बहादुर सुनारसँग ३५ हजार बिगो मागदाबी लिएको छ । राधेश्याम झा, शम्भु प्रसाद अधिकारी र उदयसिंह रावलसँग पनि अख्तियारले जनही ३५ हजार बिगो मागदाबी लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप