ओलीलाई फकाउन पौडेल बालकोटमा

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । बुधबार साँझ बालकोट पुगेका पौडेल र ओलीबीच अदालतमा देखिएको समस्या, संसद्को गतिरोध, एमसीसीमा देखिएको अन्योल लगायत विषयमा छलफल भएको छ ।
नेता पौडेलले ओलीसँग पछिल्लो समय विवाद देखिएका विषयमा साझा धारणा बनाएर अघि बढ्नका लागि आग्रह गरेका थिए । प्रमुख प्रतिपक्षी दल सर्वदलीय बैठकमा नआएको प्रति पनि पौडेलले चासो व्यक्त गरेका थिए । छलफलमा ओलीले प्रधानमन्त्रीसँग वान टु वान कुरा गर्न चाहेको आशय व्यक्त गरेको बताइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रहमा पौडेल ओलीलाई मनाउन पुगेका हुन् । देउवा आफै बालकोट पुग्दा गठबन्धनमा संशय पैदा हुने भन्दै काँग्रेस सभापति समेत रहेका देउवाले पौडेललाई बालकोट पठाएको स्रोतको भनाइ छ । दुई नेताबीच आजको छलफल सकारात्मक भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो