मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लिङ्देनले केन्द्रीय समितिमा गरेको मनोनयनमा थापाको आपत्ति

बुधबार, २१ पुस २०७८, १९ : २७
बुधबार, २१ पुस २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको केन्द्रीय सदस्य मनोनयनप्रति पूर्व अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । केन्द्रीय समितिमा गरिएको मनोनयन एकपक्षीय र पूर्वाग्रही भएको थापाको आरोप छ । त्यस्तै, मनोनयन गर्दा विधानको उल्लंघन भएको थापाले आरोप लगाएका छन् । केही दिन अघि अध्यक्ष लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए ।

उनले लेखेका छन् – राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रही रूपमा गरिएको मनोनयनको भर्त्सना गर्दछु । ३३प्रतिशत अनिवार्य महिला मनोनीत गर्नुपर्ने विधानको व्यवस्था उल्लंघन भएको छ।मधेसी समुदाय,दलित,महिला र काठमाडौँलाई उपेक्षा गरिएको छ। जनाधार भएका नेताहरूलाई उपेक्षा गरी चुनाव हारेकालाई मनोनीत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप