आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मल किन्न भारतसँग सम्झौता गर्ने मन्त्रिपरिषद्को निर्णय

बुधबार, २१ पुस २०७८, १८ : ४६
बुधबार, २१ पुस २०७८

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि सम्झौता गर्ने निर्णय गरेको  मन्त्रालयले जनाएको छ । 

भारत सरकारसँग मल खरिदका लागि पाँच वर्षका लागि सम्झौता गर्नेगरी निर्णय भएको बताइएको छ । पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरिद हुने छ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको कृषिमन्त्री महिन्द्र राय यादवले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ । 

अन्तर्राष्ट्रिय रुपमा मलको अत्यधिक मूल्य वृद्धि भएको कारण त्यसको असर नेपालमा पनि परेको छ । मूल्य वृद्धिका कारण ठेकेदार कम्पनीहरुले मल ल्याउन नसकेको कारण नेपालमा मलको हाहाकार हुने गरेको छ । त्यही भएर सरकारले भारतबाट सिधै मल खरिद गर्ने भनि सम्झौता गर्न लागेको मन्त्रालयले जनाएको छ । 

अहिले कृषि मन्त्रालयसँग १२ हजार मेट्रिकटन मल मात्र मौज्दात छ । 

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप