क्लियरिङ हाउसमा अब आइएमई जनरल इन्स्योरेन्स पनि
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले पनि आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउससँग जोडेको छ । भुक्तानी प्रणालीलाई डिजिटल माध्यममा लैजाने उद्देश्यका साथ कम्पनीले बुधबार क्लियरिङ हाउससँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेश भक्तबादे श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका सीईओनीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ ।
यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, टेण्डर भुक्तानी, लगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरू आबद्ध भएका बैंक खाताहरूबाट सोझै गर्न सक्नेछ । यसले आइएमई जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरूबाट भुक्तानी कारोबारहरू सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्याउने कम्पनीले बताएको छ । यी सबै कारोबारहरू सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरूबाट हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म