आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

५० वर्षपछि दैलेखमा सारियो सुन्दरी तोप !

बुधबार, २१ पुस २०७८, १७ : २६
बुधबार, २१ पुस २०७८

झण्डै ५० वर्षपछि दैलेखमा पुनः सुन्दरी तोप सारिएको छ । बुधबार स्थानीय सरकारको पहलमा तोप सारिएको हो ।  जिल्लाको ऐतिहासिक कोत गढीमा राखिएको सुन्दरी तोप २०२८ सालमा दैलेखमा भोकमरी परेपछि ज्वालादल गुल्म सरेर सुर्खेत आउँदै गर्दा सुर्खेत सारिएको थियो ।  

संघीयतापछि दैलेखका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले दैलेखबाट अन्य स्थानमा लगिएका ऐतिहासिक सम्पदाहरू ल्याउनुपर्ने माग गर्र्दै आएका थिए ।   नारायण नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाशकुमार विसीले नगरपालिकाको समन्वयमा स्थानीय प्रशासन, नेपाली सेनाको पहलमा तोप दैलेख ल्याइएको जानकारी दिए । 

तोप पुरानो स्थान गढीमा राख्नुपर्ने भएपनि गढीको पुनःनिर्माणको काम सकिन अझै एक महिना लाग्ने भएकाले तत्कालका लागि तोपलाई दैलेखमा रहेको इन्द्र दल गुल्ममा राखिने उनले बताए ।  सुन्दरी तोप वि.सं.१८४६ मानबहादुर शाहको पालामा बनेको बताइन्छ ।

दैलेखमा सारिएको सुन्दरी तोपमा ८१ थानगोला भरिएको जनाइएको छ । विजयादशमी तथा तिहारको समयमा टीकाको साइतमा तोप पट्काएर जनाइने र नागरिकहरूले तोपको साइतअनुसार दशैंको टिका लगाउने कार्य अघि बढाउने पुरानो धार्मिक महत्व रहेको बुझिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप