राजदूतबाट फिर्ता, राष्ट्रियसभामा ‘ट्राई’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृहनगर दमक निवासी सुमित्रा सुवेदी भण्डारीलाई यसअघि डेनमार्कको राजदूतमा सिफारिस गरेका थिए । तर, आफ्नो सरकार ढलेपछि ओलीले उनलाई डेनमार्क पठाउन सकेनन् । अन्ततः अहिले सुमित्रा राष्ट्रियसभाको उम्मेदवार बनेकी छिन् ।
एमालेबाट महिला कोटामा उम्मेदवारी दिएकी झापा दमक नगरपालिका– ५ निवासी भण्डारी अनेमसंघ झापाकी नेतृ हुन् । उनी अहिले एमालेको प्रदेश कमिटी सदस्य एवं अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य छिन् । अखिलबाट एमालेको राजनीतिमा प्रवेश गरेकी भण्डारीले २०३६ सालमा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अखिलको संगठित सदस्य भएर कम्युनिस्ट राजनीतिमा होमिएकी हुन् ।
आफू आवद्ध एमाले पार्टीले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेकोमा खुशी हुँदै भण्डारीले भनिन्, ‘राष्ट्रिय राजनीतिको उच्च तहमा बसेर देश र जनताका लागि अहम् भूमिका निर्वाह गर्ने उद्देश्यका साथ मेरो उम्मेदवारी हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार टिकोस्, दिगो रहोस्, हाम्रो त कामना छ’
-
कर्मचारीको प्रमोशन छिटो हुने व्यवस्था गरौँ : कोइराला
-
चिनियाँ टोली १० दिने कोशी भ्रमणमा, जलस्रोत र पर्यटनको सम्भावना हेर्दै किमाथाङ्का पुग्ने
-
सिन्धुपाल्चोकमा बस दुर्घटना
-
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर
-
माघ महिनाभित्र घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिन्छौँ : मन्त्री भण्डारी