उत्तर कोरियाद्वारा समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार
उत्तर कोरियाले बुधबार समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरिया र जापानले जनाएको छ । प्योङयाङले यस वर्ष यो पहिलो पटक प्रक्षेपण गरेको छ । उत्तरले कोरियाले प्रायद्वीपको पूर्वी समुद्रतर्फ स्थानीय सायमअनुसार मङ्गलबार बिहान ८ः १० बजे ‘ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाइएको छ ।
एक आपतकालीन बैठकपछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले यस मिसाइल परिक्षणको चिन्ता व्यक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसलाई सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण को रूपमा वर्णन गरे पनि उत्तर कोरियाले गरेको लगातार क्षेप्यास्त्र प्रक्षेपण साँच्चै खेदजनक भएको जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् ।
जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई अहिलेसम्म जापानी विमान र जहाजहरूमा क्षति पुगेको कुनै समाचार नआएको बताएका छन् । । यो प्रक्षेपण गत हप्ता किमको भाषणपछि भएको थियो जसमा उनले उत्तर कोरियाले आफ्नो सैन्य क्षमताको निर्माण जारी राख्ने बताएका थिए । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समिति गठन गरी निकास दिन प्रधानमन्त्री सकारात्मक : कांग्रेस
-
पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप
-
बागमती प्रदेशसभाको ६ वटा समितिले आज सभापति पाउँदै
-
ललितपुरमा चोरी गर्ने समूह पक्राउ, सुन र मोबाइल पसलका सञ्चालक पनि समातिए
-
दलीय भागबन्डाका लागि ‘चोर बाटोबाट’ विशेषाधिकार समिति गठन
-
सदन खुलाउने विषयमा सभामुखले शीर्ष नेताहरूसँग संयुक्त छलफल गर्दै