आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित बढ्दै, पछिल्लो २४ घण्टामा ४३५ जनामा संक्रमण पुष्टि

बुधबार, २१ पुस २०७८, १६ : ४५
बुधबार, २१ पुस २०७८

नेपालमा पछिल्लो दिनमा कोरोना सङ्क्रमित बढ्दै गएको देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार २६७ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २३९ जना निको भएका छन् । 

यद्यपि पछिल्लो २४ घण्टामा कसैको कोरोनाबाट मृत्यु भने भएको छैन ।  हाल देशभर सक्रिय सङ्क्रमित ५ हजार २२५ जना रहेका छन् भने त्यसमध्ये संस्थागत आइसोलेसनमा ३ हजार ७३ जना रहेका छन् भने बाँकी होम आइसोलेसनमा रहेका छन् ।  यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने सोमबार सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप