आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ललिता निवास जग्गा अनियमितता प्रकरणमा तीन सयभन्दा बढीविरुद्ध पक्राउ पूर्जी

बुधबार, २१ पुस २०७८, १६ : ०१
बुधबार, २१ पुस २०७८

काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई अनुमति दिएको छ ।

बालुवाटार जग्गा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको सीआइबीले जिल्ला अदालतसमक्ष उनीहरुका नाममा पक्राउ अनुमति माग गरेको थियो । सीआइबीको माग अनुसार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीलाई बताए ।

जग्गा अनियमिततामा संलग्न रहेको आरोपमा करिब चार सय जनामाथि केन्द्रित रहेर अनुसन्धान गरिएको र तीन सयभन्दा बढीलाई पक्राउ गर्न अनुमति लिइएको उनले बताए ।

एकैपटक ठुलो संख्यामा पक्राउ गरेर अनुसन्धान गर्न सहज नहुने भन्दै उनले संलग्नता र कसुरको मात्रा हेरेर क्रमशः पक्राउ गर्दै बयान लगायतका आवश्यक अनुसन्धान प्रक्रिया पूरा गर्ने उनको भनाइ छ ।
ललिता निवास जग्गा अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप