मेरो इम्युन सिस्टम शून्य छ तर पनि मलाई कोरोनाले छोएको छैन : केपी ओली
एमाले अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । तर, यस्तो अवस्थामा पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको उनको भनाइ छ । संस्कृति बचाउ अभियानले बुधबार भक्तपुरको बालकोटस्थित उनको निवास पुगेर अध्यक्ष ओलीसँग भेट गरेको थियो । अभियानमा कलाकार मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत सहभागी थिए ।
कलाकारहरूसँग कुराकानी गर्दै ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म संक्रमणबाट बचेको बताए । ‘मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ । औषधि खाइरहनुपर्छ, जसकारण मेरो प्रतिरोधी क्षमता जिरो छ । हजारौंको बीचमा छु । दिनहुँ भेट भइरहन्छ । माला लगाउँछन् । फोटो खिच्छन् । तर पनि अहिलेसम्म संक्रमित भइएको छैन । यो परम्परागत ज्ञानकै कारण हो ,’ ओलीको भनाइ उद्धृत गर्दै एक कलाकारले भने ।
उनले पछिल्लो समय आफूमा पनि स्मरण शक्ति कमजोर हुँदै गएको उनको भनाइ थियो । ‘पहिले पहिले पाँच सयभन्दा बढी टेलिफोन सम्झन्थे । अहिले श्रीमतीको मोबाइल नम्बरसमेत कति हो सोध्नुपर्छ,’ उनले भने । ओलीले पुर्खाका ज्ञानका राम्रा पक्ष अनुशरण गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट पुनरागमन गर्दै चेल्सीले एस्टन भिल्लालाई बराबरीमा रोक्यो
-
बझाङ उपनिर्वाचन : सबै मतपेटिका सङ्कलन, ११ बजे सर्वदलीय बैठक
-
बुन्डेस लिगा : केनको रेकर्ड, लेभरकुजन अपराजित
-
विदेशी लगानीकर्तालाई स्वागत गर्दै अर्थमन्त्रीले भने–नेपाल लगानीका लागि विश्वकै उत्कृष्ट गन्तव्य हो
-
एकीकृत विकासको लागि एमाले चितवनले बनायो समृद्धि गुरुयोजना कार्यदल
-
केन्द्रसहित सबै प्रदेशमा एमालेले नेतृत्व गर्ने मिसनमा छौँ : योगेश भट्टराई