सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

भारतको अर्थतन्त्र भन्दा ठूलो भयो एप्पलको बजार मूल्य

बुधबार, २१ पुस २०७८, १२ : ४४
बुधबार, २१ पुस २०७८

एप्पलको बजार मूल्य ३० खर्ब डलर पुगेर फेरी केही घटेको छ । यसले लगानीकर्तालाई उत्साहित पारेको त छ तर आगामी वर्ष पनि कम्पनीको प्रगती यस्तै हुन्छ, यसबारे शंका भने छ ।

आईफोन बनाउनेवाला कम्पनी एप्पलको बजार मूल्य सोमबार अमेरिकी सेयर बजारमा थोरै ओरालो लाग्नुु भन्दा अघि ३० खर्ब डलरको रेकर्डमा पुगेको थियो । एप्पललाई यो स्तर कायमै राख्न मुश्किल भएपनि कम्पनीप्रति लगानीकर्ताको विश्वास स्पष्ट रुपमा देख्न सकिन्छ । एप्पल ३० खर्ब डलरको बजार मूल्य छुने विश्वकै पहिलो कम्पनी बनेको छ । वर्षको पहिलो दिन व्यापारका बेला टेक कम्पनीको शेयर १८२.८८ डलरको रेकर्ड स्तरसम्म पुग्यो । यो हालसम्मको सबैभन्दा उच्च स्तर हो । यद्यपि, मार्केट बन्द हुनु अघि यसमा थोरै गिरावट आयो ।

एप्पलले अगस्ट २०२० को महामारीको अवधिमा २० खर्ब डलरको बजार मूल्य छोएको थियो । उक्त समयमा विश्वभर नै विद्युतीय सामग्रीको माग रहेको थियो । कम्पनीलाई आफ्नो भ्यालुएशनमा १० खर्ब जोड्न १६ महिना मात्रै लागेको थियो ।

अहिले पनि एप्पलका आइफोन र म्याकबुक भारी मात्रामा बिक्रि हुन्छन् । यसका साथै एप्पल टिभी र एप्पल म्युजिकबाट पनि कम्पनीले राम्रै आम्दानी गरिरहेको छ । अमेरिकी स्टक एक्सचेन्जमा एप्पल सन् १९८० देखि नै सुचिकृत छ । स्टिभ जब्जको कार्यकालका बेला सन् १९९७ देखि २०११ सम्म एप्पलले लगातार नयाँ उचाई छोयो । अब टिम कुकको नेतृत्वमा पनि कम्पनीको शेयरको मूल्य लगातार उकालो लागिरहेको छ ।  

एप्पलको यो बजार मूल्य भारतको कुल अर्थव्यवस्था भन्दा पनि बढी भएको छ र जर्मनीको क्ुल अर्थव्यवस्थाको नजिक पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप