शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सीजी नेटले ल्यायो ‘स्प्रिड मोर गेट मोर’ अफर

बुधबार, २१ पुस २०७८, १२ : १९
बुधबार, २१ पुस २०७८

सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफर अन्तर्गत १२० एमविपिएस वा ५० एमविपिएसको ३ महिने प्याकेज लिने र अरुलाई लिन रिफर गर्ने ग्राहकले १० दिन निःशुल्क इन्टरनेट पाउनेछन् । त्यस्तै अर्धवार्षिक र वार्षिक प्याकेज लिँदा क्रमशः २० दिन र एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् ।  

सीजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिने तर्फ ध्यान केन्द्रित गरेको जनाएको छ । सीजीले काठमाडौं उपत्यकाका जुनसुकै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

९९९ रुपैयाँमा १२० एमविपिएस गतिसहितको योजनाले सुरुवातबाटै चर्चा बटुल्न सफल सीजी नेटले ६४९ रुपैयाँमा ५० एमविपिएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ । नयाँ प्याकेज ल्याएपछि बजारमा माग व्यापक बढेको कम्पनीले जनाएको छ । त्यस्तै, सीजी पे एपमार्फत गरेको भुक्तानीमा थप ३ प्रतिशत क्यासब्याक पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप