शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो मिडिया अवार्ड : १९ विधामा ९३ पत्रकारलाई अवार्ड

बुधबार, २१ पुस २०७८, ११ : ५०
बुधबार, २१ पुस २०७८

टेलिभिजन, छापा, एफएम रेडियो, अनलाइन टिभी, पत्रिका लगायत बिभिन्न सञ्चारमाध्यममा कार्यरत ९३ पत्रकारलाई अवार्ड प्रदान गरिने भएको छ । ड्रिम हाइ नेपालले यही पुस २४ गते काठमाडौँको सोल्टी होटलमा आयोजना गर्न लागेको गर्ने एलआईसी नेपाल मिडिया अवार्ड २०७८ मा ९३ पत्रकारलाई अवार्ड दिइन लागिएको हो ।

कूल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको मिडिया अवार्डमा टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरुमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ कलाकार तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड (दीर्घ साधना सम्मान) बाट सम्मान गरिने भएको छ । शाह सहित उक्त सम्मान वरिष्ठ पत्रकार भैरव रिसाल र किशोर नेपाललाई पनि प्रदान गरिने आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिए ।

मनोनयनमा परेका विधा र उत्कृष्ट ५ को नामावली यसप्रकार रहेको छ । 

क–कसले पाए अवार्ड ? तलको सूची हेरौं 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप