शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

जब १० हजार मौरीले पनि प्रदर्शनमा भाग लिए, ७ प्रहरी घाइते

बुधबार, २१ पुस २०७८, ११ : ४१
बुधबार, २१ पुस २०७८

चिलीको स्यान्डियागोस्थित राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने चारजना मौरीपालक किसानलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा मौरीको टोकाइबाट ७ जना प्रहरी अधिकारी पनि घाइते भएका छन् । लामो खडेरीका कारण चिलीका मौरीपालक किसान मारमा परेका छन् । चिलीमा खडेरी कुनै नौलो नभए पनि सन् २०१० यताकै सबैभन्दा खराब खडेरीका कारण मौरीको खानाको स्रोत मासिन थालेका छन् ।

किसानहरूले सरकारसँग महको मूल्य समायोजन गर्नुका साथै राहतको माग गरेका छन् । उनीहरूले राष्ट्रपति सबास्टियन पिनेरासँग भेटको माग गरेका छन् । प्रदर्शनका क्रममा मौरीपालक किसानले ६० वटा मौरीको घार साथमा लिएर आएका थिए । त्यसमा करिब १० हजार मौरी रहेको बताइएको छ ।

प्रहरीहरूले सो घारलाई हटाउँदा ७ जनालाई मौरीले टोकेको बताइएको छ । उनीहरूलाई अस्पताल लगिएको थियो । जलवायु परिवर्तनले मौरीको जनसङ्ख्या कम हुँदै गएको पाइएको छ । सन् २०२० मा गरिएको एक अध्ययनले उत्तर अमेरिकामा मौरीको सङ्ख्या ५० प्रतिशत तथा युरोपमा १७ प्रतिशतले कम भएको देखाएको थियो । स्रोत : सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप