बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा नबिल सामाजिक उद्यमशीलता विकास कार्यक्रम सम्पन्न

बुधबार, २१ पुस २०७८, ११ : ३०
बुधबार, २१ पुस २०७८

नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बझाङ जिल्लाको बित्थडचिर गाउपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो ।

बैंकले बित्थडचिर र आलिताल गाँउपालिकासँग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारीमार्फत गाउँपालिकाले स्थानिय तहमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम र तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम र तालिमहरूमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत संचालन गर्ने उद्देश्य रहेको बताइएको छ ।

कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाँउपालिकाबासीहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो । अन्तक्रिर्याका दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुकोसमेत सम्बोधन गरिएको थियो ।  

बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उद्धेश्यले उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धि ७ दिने तालिम भएको छ । यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाँउपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो । यस कार्यक्रमले स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पु-याई देशभित्रै युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ । 

पञ्चेश्वर गाउँपालिकाले युवा उद्यमका लागि आव्हान गरेको सूचनामा दरखास्त दिई छनौट भएका युवाहरु पुस ११ देखि १८ गतेसम्म संचालन हुने यस ७ दिने तालिम कार्यक्रममा १२० जना सहभागी भएका थिए ।  तालिममा ४ सय जनाले आवेदन दिएका थिए ।

नबिल बैंकले गत असार १५ गते धान दिवसका दिन नबिल दिगो बैकिङ सेवा सुरुवात गरेको थियो । बैंकले किसान कर्जा र उद्यमशिलता कर्जा शुरु गरको  छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएका  यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट संचालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप