निर्मला कुर्मी प्रकरण : रुबि खानको अनसन तोडियो, सरकारसँग ४ बुँदे सहमति
नेपालगन्जकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्यायको माग गर्दै अनसनरत रुबि खानको अनसन तोडिएको छ । सरकारसँग ४ बुँदे सहमति भएसँगै उनले अनसन तोडेकी हुन् ।
मंगलबार गृह मन्त्रालयका तर्फबाट सहसचिवहरू मुकुन्द निरौला, प्रदीप कुमार कोइराला, भीमबहादुर भुसाल तथा प्रशासन विज्ञ सुनील खनाल, उपसचिव दिलकुमार तामाङ, बसन्त भट्टराई तथा आन्दोलनरत पक्षका तर्फबाट डा.गोविन्द केसी, मोहना अन्सारी, ओमप्रकाश अधिकारी, विमल अर्याल, बसन्त रञ्जितकार, कौशिला बागवान, गीता चामार, मनकुमारी गुरताल र अनसनरत स्वयम् खानसहितको वार्तामा गृहमन्त्रालयमा ४ बुँदे सहमति भएको हो ।
४ बुँदे सहमतिमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य जानसम्बन्धी जाहेरीमा औंल्याइएका विषयमा छानबिन गर्न प्रहरीलाई पत्राचार गर्ने, अभियुक्तबाटै आएको विषयमा पीडित पक्षको सुरक्षाको प्रत्याभूति गर्नेलगायतका विषय छन् ।
यसैबीच महिला अधिकार मञ्चले सहमति कार्यान्वयनका लागि निरन्तर खबरदारी गरिने बताएको छ । यद्यपि कुर्मीको न्यायका लागि जारी आन्दोलन भने हाललाई स्थगित गर्ने निर्णय मञ्चले गरेको छ। रुबी खान न्यायको लागि भन्दै माइतीघरमा आन्दोलनरत थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा