नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेको परिस्थितिमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुस १८ को पत्रअनुसार कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई मन्त्रालयको (सचिवस्तरको) निर्णयअनुसार प्रबन्ध निर्देशक भई काम गर्न तोकिएको हो ।
उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । उनले पुस १९ गतेबाट निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।
नेपाल सरकारको योजना तथा कार्यक्रमलाई सहयोग हुने कार्यक्रमहरु, कम्पनीको सञ्चालक समितिको निर्णय र मार्ग निर्देशकहरू तथा नियामक निकाय र सरोकारवालाहरुको तर्फबाट प्राप्त हुने सल्लाह, सुझाव, गुनासाहरू छिटो र छरितो सम्बोधन गर्ने कार्यमा सबै निर्देशनालय, विभाग र कम्पनीमा क्रियाशील ट्रेड युनियनका तर्फबाट विगतमा जस्तै सहयोग प्राप्त हुने वैद्यले अपेक्षा गरेकी छन् ।
उनले कम्पनीको प्रगतिको तर्फ एकजुट भई अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै