यी हुन् विश्वकै शक्तिशाली जनावर, बोक्छन् सयौँ किलोको भारी
विश्वमा विभिन्न किसिमका जनावरहरु छन् । यी मध्ये केही जनावर डर लाग्दा हुन्छन त केही शान्त हुने गर्छन् । केही मासु खाएर आफ्नो पेट भर्छन् भने केही घाँस खाएर बाँच्ने गर्छन् । केही जनावर बलिया हुन्छन् भने केही कमजोर । केही बलिया त हुुन्छन् तर खतरनाक हुँदैनन् । तर धेरै बलिया हुन्छन् । हामी तपाईँलाई बलियो भए पनि खतरनाक नभएका जनावरहरुको बारेमा बताउन गइरहेका छौँ । यी जनावर अन्य जनावरको तुलनामा बलिया त हुन्छन् तर यिनीहरुको स्वभाव शान्त हुन्छ । यिनीहरुलाई दुःख नदिने हो भने मानिस र अन्य जनावरलाई यिनीहरुले कुनै नोक्सानी पु¥याउँदैनन् ।
बेल्जियम ब्लू
बेल्जियम ब्लू साँढे सबैभन्दा शक्तिशाली जनावर मध्येको एक हो । यो साँढे सिंह वा बाघ जस्तै खतरनाक त हुँदैनन् तर बलिया हुन्छन् । यसको तौल १२०० किलो हुन्छ । यसले ९०० किलोको वजन सहजै उठाउन सक्छ ।
हात्ती
हात्ति धेरै ठूलो जनावर हो । योसँग सिंह, बाघ पनि डराउँछन् । यो पृथ्वीकै ठूलो जनावर मानिँदै आएको छ । हात्ती नेपाललगायत विश्वका कयौँ मुलुकमा पाइन्छ । अफ्रिकन हात्ती सबैभन्दा बलियो मानिन्छ । यसको तौल ६ हजार किलोसम्म हुन सक्छ र यसले आफ्नो सूँडले ३०० किलोसम्म उठाउन सक्छ ।
गैँडा
यो पनि एक किसिमको ठूलो जनावर हो । यो धेरै तौल भएको र शक्तिशाली जनावरमध्येको एक हो । यसको तौल २००० देखि ३००० किलोग्राम सम्मको हुन्छ । केही गैँडा ३५०० किलोग्राम सम्मको हुन्छ । यो यती बलियो हुन्छ कि यसलाई रिस उठेको खण्डमा यसले ठूल्ठूला जनावरलाई पनि हराउन सक्छ ।
जलगैँडा
यो जनावर अनेक किसिमबाट नजिस्क्याउन्जेल सम्म शान्त मध्येको एक हो । यदि यसलाई रिस उठ्यो भने आफ्नो अगाडि अरुलाई टिक्न दिँदैन । एक जलगैँडाको तौल ४ हजार किलोग्रामसम्म हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा