देउवाको पेलानपछि अस्तित्व रक्षाका लागि शेखर समूह जुट्यो छलफलमा
नेपाली काँग्रेसको शेखर कोइराला समूहले अस्तित्व रक्षाका लागि आन्तरिक छलफलमा जुटेको छ । सभापति शेरबहादुर देउवाले पेलेर जाने नीति लिएपछि शेखर समूहले छलफल थालेको हो । मंगलबार शीर्ष नेतासँग संवाद गरेका कोइरालाले आज समूहको विस्तारित बैठक गर्दैछन् ।
देउवाले आफ्नो अस्तित्व अस्वीकार गरेको निष्कर्ष निकालेको कोइराला समूहले आजको छलफलबाट महाधिवेशनको समीक्षा गरी आगामी रणनीति बनाउने गुरुराज घिमिरेले बताए । सभापति देउवा साझा सभापति बन्ने बाटोमा नहिडेपछि सशक्त प्रतिवादको गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
उनले भने, ‘सभापतिले नेताहरुको अस्तित्व स्वीकार गर्नुभएन । शेखर कोइराला समूहलाई किनारा लगाउने सोच राख्नुभयो ।’ घिमिरेले भने झै देउवाले सभापतिको नीति पनि त्यस्तै देखिन्छ । उनले निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालालाई पेलेर जाने रणनीति बनाएका छन् ।
देउवाले पार्टीको वरियता, निर्णय प्रक्रिया र केन्द्रीय समिति बैठकको आसनसम्म शेखरलाई बेवास्ता गरेको पाइएको छ । १४ औँ महाधिवेशनका सहभागी नभए र विभिन्न पदमा पराजित पूर्व पदाधिकारी केन्द्रीय सदस्यमा मनोनित भएपछि सभापतिका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाको वरीयता २७ औँ स्थानमा पुगेको छ ।
दोस्रो बैठकबाट सभापति देउवापछि दोस्रो वरियतामा रामचन्द्र पौडेललाई राखिएको छ । तेस्रो र चौथोमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा पाँचौँ र छैटौँमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई राखिएको छ । सातौँदेखि चौधौँसम्म ८ जना सहमहामन्त्रीलाई राखिएको छ ।
पूर्वपदाधिकारीमा १५ औँ वरीयतामा गोपालमान श्रेष्ठ १६ औंमा प्रकाशमान सिंह, १७ औंमा विमलेन्द्र निधि, १८ औंमा विजयकुमार गच्छदार, १९ औं म कृष्णप्रसाद सिटौला र २० औंमा शशांक कोइरालालाई राखिएको छ । यस्तै २१ औँ वरियतामा चित्रलेखा यादव, २२ औंमा डा.रामशरण महत, २३ औंमा सदस्य अर्जुननरसिंह केसी, २४ औंमा डा.प्रकाशशरण महत, २५ औंमा सुनिलबहादुर थापा र २६ औंमा शेखर कोइराला रहेका छन् ।
मनोनितपछि कोषाध्यक्ष सातौँ वरियता पाउँदा शेखरको वरीयता थप एक स्थान तल झर्नेछ । वरियतामा पछाडि पारिएका शेखर कोइरालालाई निर्णय प्रक्रियामा पनि देउवाले खासै स्थान दिएका छैनन् । देउवाले वरिष्ठ नेता पौडेल, सिंह निधि, सिटौलालाई साथमा लिएर शेखरलाई पेलेर जाने नीति लिएको काँग्रेस नेताहरू बताउँछन् ।
देउवाले महाधिवेशनमा भाग नलिएका र पराजित भएका गरी १३ जनालाई केन्द्रीय केन्द्रीय सदस्यमा मनोनित गरे । तर शेखर समूहको एक जनालाई पनि देउवाले केन्द्रीय सदस्य मनोनित गरेनन् । उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी र महामन्त्रीका प्रत्यासी मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनित नगरेपछि कोइराला समूह असन्तुष्ट देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का