जाडोले कठ्यांग्रिएर सप्तरीमा एक जनाको मृत्यु
बुधबार, २१ पुस २०७८, १० : २९
दुई सातादेखिको शीतलहरले जारी नै रहेका बेला सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ । महादेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको ज्यान गएको हो । उनको शीतलहरका कारण मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
ठाकुरको राति सुतेको बेला चिसोले कठ्यांग्रिएर मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादवले बताइन् । उनले भनिन् , ‘राति खाना खाएर सुतेका ठाकुर बिहान अबेरसम्म ओछयानबाट नउठेपछि परिवारका सदस्यले हेर्न कठ्यांग्रिएर मृत्यु भएको पाइएको रहेछ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले ठाकुरको मृत्यु चिसो वा अन्य कारणले हो भनेर जानकारी लिने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा